राजनीति
माधव नेपाल पक्ष सांसदसहित छलफलमा
९ बैशाख,काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह सांसदहरुसहित छलफलमा जुटेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही किन नगर्ने रु भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् । त्यसअघि नेता नेपालले सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा छलफलमा जुटेका हुन् । अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट […]
एमालेमा अब गुटगत भागबण्डा नचल्ने : ओलीको दाबी
९ बैशाख, काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा थप क्षति हुन नदिन पहल गरिरहेको बताउनु भएको छ । हिजो (बुधबार) वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीले मेरियट होटलमा वार्ता गर्नुभएको थियो । नेपालसँग लामो समयसम्मको मौनता तोडिएसँगै ओलीले यस्तो बताउनु भएका हुन । बल्खुमा नयाँ भवन शिलान्यास कार्यक्रमलाई बिहीबार बिहान सम्बोधन […]
कम्युनिस्ट आन्दोलन आजसम्मका कठिन मोडहरूमध्ये सबैभन्दा कठिन अवस्थामा छ : भट्टराई
९ बैशाख काठमाडौँ – नेकपा एमाले नेता योगेश भट्टराईले कम्युनिस्ट आन्दोलन सबैभन्दा कठिन अवस्थामा रहेको बताउनु भएको छ । कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भट्टराईले नेकपा एमालेको एकता जोगाउन सबै पक्ष लाग्नुपर्ने आह्वान गर्नु भएको छ ।
एमालेको पार्टी कार्यालय शिलान्यास र उद्घाटन आज
९ बैशाख, काठमाडौँ – नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । त्यसअघि एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा शिलान्यास हुँदैछ । […]
रेम्डेसिभिर, खोप र अक्सिजन अभाव
९ बैशाख, काठमाडौँ – कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ […]
राप्रपाका पूर्व केन्द्रीय सदस्य सहित तीन नेता एमालेमा प्रवेश
८ वैशाख, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्यसहित ३ जना नेता एमाले प्रवेश गरेका छन् । राप्रपा लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता […]
नेपाललाई ओलीले भने, ‘बिनाशर्त एमालेमा फर्किनुस्’
८ वैशाख,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सकिएको छ । करीव डेढ घण्टा मेरियट होटलमा भएको वार्तामा भएका आधिकारिक कुराकानी अझै बाहिर आइसकेका छैनन् । ओलीले नेपाललाई अब गुटगत रुपमा कुनै पनि माग र शर्त लिएर वार्तामा नआउन आग्रह गरेको ओली स्रोतले जनाएको छ । बिनाशर्त पार्टीमा आए कारवाही […]
ओली-नेपाल वार्ता सकियो, दुगडले भने- वार्ता सकारात्मक भयो
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए । नेता नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
मेरियट होटलमा ओली-माधव नेपाल वार्ता
८ वैशाख, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । अहिले पनि दुई नेताबीच वार्ता जारी रहेको र वार्तामा उपमहासचिव विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जानकारी दियो ।
अदालत गयो माधव नेपाल समूह, के छ माग ?
८ वैशाख, काठमाडौँ – राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए । त्यसको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट […]



