राजनीति
राष्ट्रिय सभामा एमालेको तर्फबाट बादल नै उम्मेदवार
१० बैशाख, काठमाडौँ – राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेबाट रामबहादुर थापा बादल नै उम्मेदवार बन्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस्तो घोषणा गरेका हुन । आगामी ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । माओवादीबाट एमाले प्रवेश गरेका बादललाई पार्टीले सांसदबाट हटाएको थियो । खाली […]
नेपाल समूह छोडेर आएका तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी
१० बैशाख, काठमाडौँ – नेता शेरबहादुर तामाङलाई नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पहिले नेपाल समूहमा रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा […]
स्थानीय चुनाव हुन्छ फागुनभित्रै हुन्छ : प्रधानमन्त्री ओली
१० बैशाख, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनका विषयमा बोल्दै तयारीमा लाग्न निर्देशन समेत दिनुभएको हो । बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा जुट्न निर्देशन दिएको एक […]
भट्टराई र रामकुमारी झाँक्रीसहित ५ नेताले अझै बुझाएनन् स्पष्टीकरण
१० बैशाख,काठमाडौँ – नेकपा (एमाले)का नेता योगेश भट्टराई र रामकुमारी झाँक्रीसहित ५ जनाले अझै स्पष्टीकरण बुझाएका छैनन् । शुक्रबार बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ५ नेताले स्पष्टीकरण नबुझाएको जानकारी दिइएको हो। वैशाख ६ गते सोमबार बसेको बैठकले माधवकुमार नेपाल, झलनाथ खनालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेपाल, भीम रावल, […]
प्रकाश ज्वालासहित चार जनालाई पार्टी सदस्य र सांसद नरहने गरी कारबाही गर्ने एमालेको निर्णय
१० बैशाख, काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य प्रकाश ज्वालासहित कर्णाली प्रदेश सभाका ४ जना सांसदलाई पार्टी सदस्य र सांसद् नरहनेगरी कारबाही गरिएको छ। शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेको सदस्य र कर्णाली प्रदेश सभा सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय […]
शुरु भयो एमालेको बैठक, कर्णालीका ४ सांसदलाई कारबाही हुनसक्ने
१० बैशाख, काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक शुरु भएको छ । केहीबेरअघि बालुवाटारमा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले बैठक शुरु भएको एमालेका एक नेताले जानकारी दिनु भयो । आजको बैठकमा कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टीबाट निश्काशन गर्ने तयारी गरेको छ । उनीहरुले […]
एमाले बैठक आज बस्दै, खनाल-नेपाल पक्षमाथि थप कारबाही होला त ?
१० वैशाख, काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधवकुमार नेपाल पक्षका २७ जना संघीय सांसद र पाँचजना कर्णाली प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको थियो । सांसदहरुले स्पष्टिकरण बुझाइसकेका […]
पशुपति क्षेत्रका सबै मन्दिर आजबाट अनिश्चितकालीन बन्द
१० वैशाख, काठमाडौं – नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजबाट वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द हुने भएका छन् । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषले जनाकारी दिएको छ । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम […]
‘निर्णायक’ वार्तामा जुटेका ओली र नेपाल मेरियटबाट बाहिरिए
९ बैशाख, काठमाडौँ – नेकपा एमालेलाई एकतावद्ध राख्न ‘निर्णायक’ वार्तामा जुटेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो दिनको वार्ता गरी निस्किएका छन् । नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । बुधबार र आज […]
‘वान टु वान’ वार्ताका लागि ओली-नेपाल मेरियट होटलमा
९ वैशाख, काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता सुरु भएको छ । एमाले पार्टी भित्र देखिएको विवाद समाधान गरी अगाडी बढ्न ‘वान टु वान’ वार्ताका लागि ओली र नेपाल केही समय अगाडि मेरियट पुगेको बताइएको छ । नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि […]



