राजनीति
जसपाका महन्थ-राजेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक जारी
२ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो ३ बजेदेखि बैठक जारी रहेको एक नेताले बताए। संसद् पुनर्स्थापनासँगै केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएपछि महन्थ–राजेन्द्रपक्ष थप अप्ठ्यारोमा परेको छ।
आइतवार माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
२ साउन, काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। प्रमुख सचेतक देव गुरुङका अनुसार आइतवार बिहान ११ बजे सिंहदरबारमा दलको बैठक बोलाएको हो। “दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको बैठक आह्वान भइसकेको छ। भोलिको संसदीय दल बैठक संसदमा प्रस्तुत हुने रणनीतिमा केन्द्रित हुनेछ”, गुरुङले भने, “त्यसबाहेक संविधानको रक्षा, लोकतन्त्रको सुरक्षासहितका समसामयिक विषयमा पनि […]
माओवादी केन्द्र पनि प्रदेश २ सरकारमा, २ मन्त्रीले लिए सपथ
२ साउन, काठमाडौँ – प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ लिएका छन् । शनिबार माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् । मन्त्री साहलाई प्रदेश प्रमुख डा. राजेश अहिराजले र राज्यमंत्री कर्णलाई मुख्यमंत्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ […]
एमालेका नेताहरु १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय
२ साउन, काठमाडौँ – नेकपा एमालेका नेताहरुले दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकतावद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन् । आज बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको १० बुँदे सहमति कार्यान्वयन […]
प्रचण्ड नेपाल भेटवार्ता, दाहालले गरे सरकारमा सहभागी हुन आग्रह
२ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको बताउनुभएको छ । नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भनेको छ । तर, प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् […]
कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमणको निन्दा
२ साउन, काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको […]
फैसलाले दलीय संरचना समाप्त भयो : ओली
२ साउन, काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताउनुभयो । किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको आरोप लगाउँदै […]
सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने
१ साउन, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको देशैभर भण्डाफोर अभियान सञ्चालन गर्नेभएको छ । नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चले निर्दलीयता लाद्न खोजेको ठहर गर्दै उक्त फैसलाको भण्डाफोर गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराइले एउटा दलबाट निर्वाचित सांसदहरुले अर्को पार्टीको संसदीय […]
प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन
१ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उहाँले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले […]
एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह गएन
१ साउन, काठमाडौं– नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूह संसदीय दलको बैठकमा अनुपस्थित भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको बैठकमा नेपाल पक्ष अनुपस्ति भएको हो । बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल गर्ने बताइएको छ । पुनः स्थापित प्रतिनिधिसभाको बैठक बोलाइपछि संसदमा पार्टीको भूमिकाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । […]



