राजनीति
एमाले संसदीय दलको बैठक शुक्रबार
३१ असार, काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यही […]
नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रधानमन्त्री देउवा
३१ असार, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले […]
प्रतिनिधिसभाको आगामी बैठक आगामी साउन ३ गते बोलाउन सरकारको सिफारिस
३१ असार, काठमाडौं– सरकारले प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउनका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्चले पुनःस्थापना गरेको संसदको अधिवेशन साउन ३ गते बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ गतेभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो।
मन्त्रिपरिषद्को बैठक आज बस्दै
३१ असार, काठमाडौं– मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बाट सिंहदरबारमा बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित कामकारवाही तथा एजेण्डाबारे छलफल हुने बताइएको छ । पछिल्लोपटक प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि गत मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले चैत मसान्तभित्रमा कोरोनाविरुद्धको खोप लगाउन योग्य […]
अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवालाई बुढानिलकण्ठ पुगेर भेटे
३१ असार, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबिच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको छ । बिहिबार बिहान देउवानिवासमा उनीहरुबीच भेट भएको हो । भेटका क्रममा देउवा र बेरीबिच अमेरिका र नेपालसँगको साझेदारी र सहयोगका बारेमा छलफल भएको पराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, अमेरिकाले स्वास्थ्य सामाग्री र कोभिड १९ विरुद्ध लड्न सहयोग गरेको […]
राजनीतिक भेटघाटमा ‘विप्लव’, भेटे माधव नेपाललाई
३१ असार, काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । महासचिव विप्लवले बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा पुगेर भेट गरेका हुन् । ‘विप्लव’ले भेटवार्तामा अर्का नेता धर्मेन्द्र वास्तोला पनि सँगै रहेका छन् । नेता नेपालसँगको भेटमा प्रचण्डसहित नेतासँग विप्लवले छलफल गरेका हुन् । भेटवार्तामा […]
बजेट पास नगरि कर्णालीको संसद् अधिवेशन अन्त्य
३१ असार, काठमाडौँ – आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित नै नगरेर कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो । सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट […]
दाहाल र चन्दबीच भेटवार्ता
३० असार, कामठाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । ललितपुरको खुमलटारमा दाहाल र चन्दबीच भेट भइरहेको दाहालको स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो । दाहाललाई भेट्न चन्दसहित नेकपा नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुग्नुभएका छन् । दाहाल(चन्दबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेट भएको […]
गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध
३० असार, काठमाडौँ – गण्डकी प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । बहुवर्षीय योजनाका साथै स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई समेत निरन्तरता नदिइएको भन्दै नेकपा एमालेका प्रदेशसभा सदस्यले उठेर बैठक अवरुद्ध गर्नुभएको हो । बैठक अवरुद्ध भएसँगै सभामुख नेत्रनाथ अधिकारीले नेकपा एमालेका रामशरण बस्नेतलाई बोल्न दिनुभएको थियो । सदस्य बस्नेतले […]
सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्छ ः राष्ट्रपति
३० असार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त […]



