Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राजनीति

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठम्याइ, पूर्वमाओवादीहरुले दिएको निवेदन खारेज

२७ असार, काठमाडौं– नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठम्याएको छ । आयोगमा पुष्पकमाल दाहाल नेतृत्वको नेकपा माओवादीमाथि प्रश्न गर्दै दर्ता भएका निवेदन र दाबीलाई खारेज गर्दै आयोगले उक्त पार्टी वैधानिक रहेको ठहर गरेको हो । आजको बैठकले उक्त पार्टीले संवैधानिक र कानुनी शर्त पुरा गरि दर्ता कायम रहेकोले पार्टीको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने […]

एमाले स्थायी कमिटी बैठक आजका लागि बोलाइयो

२७ असार, काठमाडौं– नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे बस्नेगरी बोलाइएको नेकपा केन्द्रीय कार्यालयका सचिब शेरबहादुर तामाङले बताए । अहिले नेकपाको विवाद हल गर्नका लागि गठित कार्यदलको बैठक पनि बसिरहेको छ । कार्यदलको बैठक अहिले सिंहदरबारमा चलिरहेको छ । कार्यदलको बैठक बसिरहेकै बेला पार्टी अध्यक्ष केपी […]

राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था राख्न सकिने वामदेव गौतमको भनाइ

२७ असार, काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताएका छन्। आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकोले त्यसलाई संशोधन गर्नुपर्ने बताए । गत वर्ष पनि सो विषय आफूले उठाएको स्मरण गर्दै […]

सन् २०२१ भित्र सबै नागरिकलाई खोप दिने प्रधानमन्त्री ओलीको भनाइ

२७ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप पु¥याउने दाबी गर्नुभएको छ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाउनुभयो । समारोहका क्रममा प्रधानमन्त्री ओलीले, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन […]

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफः मन्त्रीपरिषद्को गठन र चयनसम्बन्धी विषय स्वविवेकीय

२४ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकको आधारमा रहने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनपछि गरिएको मन्त्रिमण्डल हेरफेर र कार्यविभाजनमा सर्वोच्चले रोक लगाउनु संविधानविपरित रहेको बताउँदै यसो बताएका हुन् । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको मागबमोजिम लिखित जवाफ पठाउँदै उनले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने […]

एमाले कार्यदलको बैठक सकियो, आजै साँझ ७ बजे फेरि बस्ने

२४ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको विवाद समाधान कार्यदलको बैठक केहीबेर बसेर टुंगिएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक फेरी आजै साँझ ७ बजे बस्ने गरी टुंगिएको हो । बैठक सकिएपछि प्रधानमन्त्री ओेली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वर्ता सकरात्मक रहको बताउनुभयो । संयोजक नेम्वाङले, ‘बैठक सकरात्मक छ । सम्भवत आजै […]

कांग्रेसको १४ औँ महाधिवेशन ः चुनावी चहलपहल

२४ असार, काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको जनाइएको छ । कसरी समूहमा पर्ने , केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत शुरु हुन थालेको छ । आगामी साउन १२ गते […]

रुपा सुनार प्रकरणः सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

२३ असार, काठमाडौं– रुपा सुनार प्रकरणमा सर्वोच्च अदालतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्चले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माफ गरेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका […]

प्रदेश २ ः प्रदेशसभा बैठक पुनः स्थगित

२३ असार, काठमाडौं– प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । यसअघि असार १५ गते बोलाइएको बैठक […]

भोली फेरी बस्नेगरि सकियो एमाले कार्यदलको बैठक, बैठक निष्कर्षउन्मुख

२३ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सकिएको छ । कार्यदलको बैठक निष्कर्षउन्मुख भएको वार्ता टोलीका एक सदस्यले बताए । ती सदस्यले वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्ने बताए । ओली पक्षिय कार्यदलका एक सदस्यले थप तयारीसहित भोलि ११ बजे फेरि बैठक बस्ने गरी आजको बैठक टुंगिएको बताए। बैठकमा अध्यक्ष र वरिष्ठ नेतासँगको […]