Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

इरानमा कोरोनाभाइरसका संक्रमित बढे

११ कात्तिक एजेन्सी – इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ । अरब देशहरुमा इरानमा सबैभन्दा ठूलो संख्यामा इरानमा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको […]

भारतले मिसाइल आक्रमणका लागि अमेरिकी डाटा प्रयोग गर्न पाउने

११ कात्तिक नयाँ दिल्ली – अब भारतले मिसाइल आक्रमणको लागि विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउने भएको छ । भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीबीचको बैठकमा बेसिक एक्सचेन्ज एण्ड को(अपरेशन एग्रिमेन्ट ९बेका० पूरा भएसँगै मिसाइल आक्रमणको लागि भारतले विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउने भएको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर […]

भारतीय सेना प्रमुख नरभानेले नोभेम्बर ४ बाट तीन दिने नेपाल भ्रमण गर्दै

११ कात्तिक काठमाडौं -भारतले सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण मिति तय गरेको छ । भारतीय सेनाले तय गरेको मिति अनुसार नरभानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्नुहुने भएको हो ।   यसअघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेको बताएको थियो । बिगत झैँ नेपाल […]

पाकिस्तानमा शक्तिशाली बम विस्फोट

११ कात्तिक एजेन्सी – शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते […]

कोरोना संक्रमण नियन्त्रण गर्न स्पेनमा रातको समयमा कर्फ्यू

१० कात्तिक एजेन्सी – स्पेनले राष्ट्रिय राज्य आपतकालिन घोषणा गरेको छ। संक्रमण बढ्दै गएकोले नियन्त्रणका लागि आपतकालिन राष्ट्रिय राज्य घोषणा गरेको हो । त्यहाँ रातको समयमा कर्फ्यू लगाएको छ । बेलुका ११ बजे देखी विहान ६ बजे सम्म कर्फ्यू आदेश जारी भएको प्रधानमन्त्री पेद्रो सान्चेजले बताएका छन् । कर्फ्यू आइतवारदेखि लागू हुने छ । आपतकालीन […]

विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

९ कात्तिक एजेन्सी – विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।   उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख ४६ हजार ४४६  जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ५४ हजार ८६२ व्यक्तिको […]

इटालीमा फेरि ह्वात्तै बढ्यो संक्रमण, एकैदिन १९ हजारबढी संक्रमित

८ कार्तिक एजेन्सी – युरोपको कोरोना सेन्टर मानिएको इटालीमा फेरि संक्रमणले गति लिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । वर्ल्डोमिटर्सले पनि यो तथ्यांक […]

कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न अमेरिकाले दियो पूर्ण स्वीकृति

७ कार्तिक एजेन्सी – अमेरिकाले पहिलोपटक कोरोना संक्रमितको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि ‘रेम्डेसिभिर’लाइ पूर्ण रूपमा स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडिए० ले रेम्डेसिभिरको क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाइ औषतमा ५ दिनले कम गराएको पाइएको भन्दै स्वीकृति दिएको हो । यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भने कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिरको […]

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

५ कात्तिक एजेन्सी – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्याङ्मा देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा […]

पाकिस्तानमा टिकटक प्रतिवन्धात्मक व्यवस्था फेरि खुकुलो

४ कात्तिक  एजेन्सी – छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो । पाकिस्तानका सरकारी अधिकारीहरुले सोमवारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र […]