Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

बेरुत बम विस्फोट : सुरक्षा अधिकारीलाई पहिलेनै थाहा भएको खुलासा

२ असाेज काठमाडाैँ – राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा भयो कि अन्य लेबनानी सुरक्षा तथा अन्य केही अधिकारीहरुलाई पनि यो कुरा पहिले नै थाहा थियो । न्यूयोर्क टाइम्सका पत्रकारहरुको समूहले गरेको एक अध्ययनमा उनीहरुले पोर्ट, सीमा शुल्क […]

अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

१ असोज  काठमाडौँ – फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको […]

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण

१ असोज एजेन्सी भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र  सतर्कता अपनाउन पनि आह्वान गर्नुभएको छ । “मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण […]

भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो

१ असोज  काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ […]

सामाजिक सञ्जाल बहिष्कार अभियानमा सेलिब्रेटी

३१ भाद्र काठमाडौँ – हलिउडका सेलिब्रेटीहरुले सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेका छन् । घृणा तथा द्वेष फैलाउन विभिन्न प्रोपोगाण्डा र गलत सूचनाहरु फैलाने माध्यम सामाजिक सञ्जाल बनिरहेको उनिहरुको निष्कर्ष छ । यसकै विरोधामा हलिउड सेलिबे्रटीहरुले सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेका हुन् । ओस्कार अवार्ड विजेता अभिनेता लियोनार्दो डिक्याप्रियोसहितका दर्जनौँ कलाकार तथा टेलिभिजनकर्मीहरुले […]

पाकिस्तानका प्रधानमन्त्री भन्छन्, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

३० भाद्र काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उहाँले सो […]

रक्सी जति पियो उति पिऊँपिऊँ किन हुन्छ

३१ भाद्र काठमाडौँ – धेरै रक्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै रक्सीले तपाईँको वंशाणु (जीन) मा परिवर्तन ल्याइदिन्छ। र त्यसले मतिष्कले काम गर्ने तकिामा समेत परिरवर्तन गरिदिनसक्छ । त्यसले तपाईँलाई झन् रक्सी पिऊँपिऊँ गराइदिन्छ। अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानमा गएिको एक अध्ययनमा भेरै नै रक्सी खाने र उत्सवहरुमा रक्सी खाने मान्छेका वंशाण्ु (जीन) हेरिएको थियो […]

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

काठमाडौँ – लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ […]

अक्सफोर्डको कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु, खोप यसै वर्षभित्र आउने दाबी

२९ भाद्र काठमाडौँ-बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले […]

अमेरिकामा डढेलोका कारण आइतबारसम्म २७ को मृत्यु

काठमाडौँ – अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनुहुनेछ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । ओरेगोन […]