शिक्षा
एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय
१८ जेठ, काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी […]
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने
१७ जेठ, काठमाडौँ – सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ सूचना अनुसार विनासकारी […]
एसईई परीक्षा आन्तरिक मूल्याङ्कन विधिबाट गर्न शिक्षा मन्त्रालयको प्रस्ताव
१७ जेठ, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएको वर्षकै विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रालयको बैठकले गएको वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको हो । गएको वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन […]
आन्तरिक मूल्याङ्कनमार्फत एसईई परीक्षा गर्न सरकारलाई शिक्षा मन्त्रालयको प्रस्ताव
१७ जेठ, काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो । मन्त्रालयले गत वर्षकै मोडालिटीमा एसईई परीक्षा सञ्चालन गर्ने गरी प्रस्ताव पठाएको जनाएको छ । गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा […]
त्रिभुवन विश्वविद्यालयका २३ जना शिक्षक, कर्मचारीहरुको कोरोनाका कारण मृत्यु
१६ जेठ, काठमाडौं– कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति जारी गर्दै हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको हो। विश्वविद्यालयका २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षकको मृत्यु भएको छ। यस्तै प्रशासन तर्फ कार्यरत एक […]
यस वर्षको एसईईपनि वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति
१६ जेठ, काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने निष्कर्षमा पुगेको छ । कोरोना संक्रमण सोचे अनुरुप नियन्त्रणमा नआएपछि विद्यार्थीलार्य भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएका कारण वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको हो । यसका वैकल्पिक विधिबाट एसईई गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागिसकेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभएको […]
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
१५ जेठ, काठमाडौं – शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनु भएको हो ।
एसईई नहुने !
१५ जेठ, काठकाडौँ – निजी क्षेत्रका विद्यालयहरुको संस्था प्याब्सन, एन प्याब्सन र अभिभावक संघले कोरोना संक्रमणले भयावह रुप लिएको यो बेला एसईई परीक्षा सम्भव छैन, गत वर्षमा जस्तै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा अन्तिम परिणाम सार्वजनिक गरियोस् भन्ने आवाज उठाएका छन् । ‘गएको वर्ष २०७७ सालमा दैनिक ५ जना कोभिड संक्रमणमा परिरहेका बेला विद्यालयको आन्तरिक […]
यस वर्ष त्रिविले शिक्षक कर्मचारीलाई हिउँदे-बर्षे बिदा नदिने
१३ जेठ, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यस वर्ष शिक्षक कर्मचारी र विद्यार्थीका लागि हिउँदे(बर्षे बिदा नदिने निणर्य गरेको छ। विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालले एक सूचना जारी गर्दै वर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी हिउँदे–बर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुका लागि यस वर्षको बर्षे बिदाको व्यवस्था नगर्ने निणर्य गरेको हो। यस्तै सूचनामा त्रिविका सम्पूर्ण आंगिक तथा […]
संस्कृत गुरुकूलमा अङ्ग्रेजी र कम्प्युटर शिक्षा
१२ जेठ, काठमाडौँ – हामीलाई लाग्न सक्छ–गुरुकूल भन्ने बित्तिकै संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँग सम्बन्धित विषयको मात्रै पठनपाठन हुन्छ तर राम्दीमा रहेको एक गुुरुकूलले तपाई हाम्रो अनुमानलाई गलत साबित गरिदिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीमा रहेको संस्कृत गुरुकूलमा संस्कृत विषयसँंगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा समेत पढाइ हुँदै आएको छ । गल्याङ नगरपालिका–१, राम्दीस्थित […]



