Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर एक जनाको निधन

२६ आश्विन, हेटौंडा – पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ […]

पार्वतीले भनिरहिन्, छोरी हो, काठमाडौं जाने हो आऊ, म मेरो सास दिन्छु नि :

२६ आश्विन, काठमाडौं – सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला चिच्याउदै हुनुहुन्थ्यो। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै रुदै हुनुहुन्थ्यो। आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए।दुर्घटनामा ज्यान गुमाएका २४ […]

नवरात्रिको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदै

२६ आश्विन, काठमाडौं –नवरात्रको सातौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् […]

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारद्वारा एकल महिला समूहलाई खाद्यान सहयोग

२६ आश्विन, काठमाडौँ – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले मानव अधिकारका लागि महिला एकल महिला समुहलाई खाद्यान सहयोग गरेको छ । दशैँको मुखमा संस्थामा रहेका महिला तथा किशोरीहरुलाई खाद्यान्न अभाव नहोस भनेर टिकटक परिवारद्वारा खाद्यान्न सामाग्री सहयोग गरेको हो । आइतबार सुमन थापाको नेतृत्वमा गएको मिलिजुली टिकटक परिवारको टोलीले काभ्रेको नमोबुद्ध नगरपालिका […]

अछाममा जन्ती बोकेको जीप रोडबाट दुई सय मिटर तल खस्यो, ४ जनाको मृत्यु

 २५ आश्विन, अछाम – अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व […]

दशैंको छैटौं दिन कात्यायनीको पूजा आराधना गरिँदै

 २५ आश्विन, काठमाडौँ – बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’को पूजाआजा गरिदैँछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ । आजको दिनमा कात्यायिनी […]

मुख्यमन्त्री शाहीको धम्कीपूर्ण सन्देश आफ्नै नेतृत्वप्रति असन्तुष्टि

२५ आश्विन, सुर्खेत  – कर्णाली प्रदेशमा नेकपा माओवादी र नेपाली कांग्रेसबीच ६ महिना भित्र सरकार फेरबदल गर्ने भद्र सहमति अनुसार कांग्रेस नेता जीवनबहादुर शाही निकट भविश्यमा मुख्यमन्त्री बन्नुपर्ने थियो । तर कर्णाली सरकारको नेतृत्व हाँक्ने सम्भावना कमजोर हुँदा शाहीले सामाजिक सन्जालमार्फत धम्कीपूर्ण सन्देश जारी गर्दै आफ्नै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । जुन नेताहरुको लागि […]

प्रधानमन्त्री देउवाले भने प्रजातन्त्र विरुद्ध सपना नदेखे हुन्छ

२५ आश्विन, पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताउनुभएको छ। आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उहाँले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराउनुभयो। ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा’  देउवाले भन्नुभयो, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन […]

साफ च्याम्पियनसिप : नेपाल भारतसँग १-० गोलले पराजित

काठमाडौं – सुनील क्षेत्रीको निर्णायक गोलप्रेरित भारतसँग साफ च्याम्पियनसिपमा नेपाल १-० गोलको नतिजामा पराजित भएको छ । आइतबार माल्दिभ्सको मालेमा भएको खेलको खेलको ८२औं मिनेटमा भारतीय कप्तान सुनीलले गरेको एक मात्र गोल निर्णायक बन्यो । माल्दिभ्समा जारी प्रतियोगिताका सुरुआती दुई खेलमा जित निकाल्दै फाइनल प्रवेशको सम्भावना प्रवल बनाएको नेपालले बंगलादेशविरुद्ध हुने अन्तिम खेलको नतिजा पर्खिनु […]

दुई रुपैयाँमा चिया पिउन चियादानी !

२४ आश्विन, पोखरा – चियाको मुल्य कति ? १५, २० अथवा २५ । तर पोखरामा दुई रुपैयाँमा नै चिया पिउन पाइने भएको छ । विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दशैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै दुई रुपैयाँमा चिया पिलाउने भएको हो । यसका लागि ग्राहकसँग दुई रुपैयाँको नोट हुनुपर्ने हुन्छ । जो सँग […]