Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

१५, भाद्र  काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पु¥याइएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यस विषयमा छलफल भएको र बुधबार निर्णय […]

नेकपामा पुरानै रडाको, के वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएला

१७, भाद्र काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ । गौतमलाई सांसद बनाउनका लागि भएको यो २२ औं पटकको चर्चा हो । त्यसअघि […]

चितवनमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन – चितवनमा मंगलबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा। नितु अधिकारीले जानकारी दिइन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ […]

आजदेखि सोह्र श्राद्ध सुरु

१७, भाद्र काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको […]

कोरोना कहर : पीसीआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश निषेध

१६, भाद्र काठमाडौँ – कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए  रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश गर्ने जो कोही व्यक्तिले पिसिआर टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको […]

वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द

काठमाडौं –  वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द हुने भएको छ ।कोरोना भाइरसको संक्रमण फैलिएपछि वीर अस्पतालले आज सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जनाएको हो । अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ, भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । संक्रमित स्वास्थ्यकर्मीहरुको […]

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।  मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि भएको हो।  अब एक लिटर पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ खुद्रा तोकिएको छ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने […]

पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली

काठमाडाैँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक […]

कोरोनाको महामारीमा पनि कतारद्वारा मजदुरको तलब वृद्धि

१६ भाद्र  काठमाडौँ – विश्वमा कोरोनाका कारण रोजगारी गुमाउने मानिसको सङ्ख्या बढिरहेको अवस्थामा कतारले नेपालीसहित कामदारको तलब बढाएको छ । नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक हजार कतारी रियल अर्थात् नेपाली ३२ हजार रुपियाँ तोकेको छ । साथै, कामदारलाई बस्न आवास खर्चबापत पाँच सय र खानाको लागि तीन सय गरी जम्मा […]

भारतमा कोरोनाले थप ६८ हजारमा संक्रमण

काठमाडौं – भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ६८ हजार ७७० जना पुगेका छन् […]