Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

काठमाडौं उपत्यकामा मात्र ३ सय ५७ कोरोना संक्रमित थपिए

१८, भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ५७ संक्रमित थपिएका छन् भने ललितपुरमा ४६ संक्रमित थपिएका छन् । यस्तै […]

हाडनाता करणी : आमाद्वारा उजरी, दाजुबहिनी पक्राउ

१८, भाद्र सोलुखुम्बु –  सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु(बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि […]

आज एकै दिन १ हजार २ सय २८ कोरोना संक्रमित थपिए

१८, भाद्र काठमाडौं -मुलुकमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

भारतले लगायो पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

एजेन्सी, १७ भदौ । भारत सरकारले चीनमा बनेको पब्जी गेमसहित एक सय १८ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ति एप्सलाई प्रतिबन्ध लगाएको जनाएको छ । उक्त एप्स भारतको सार्वभौमिकता र अखण्डता, देशको रक्षा र सार्वजनिक सुव्यवस्थाबिरूद्धको गतिविधिमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा […]

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

१७ भाद्र काठमाडौँ – कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति […]

काठमाडौं उपत्यकामा १ साताका लागि थपियो निषेधाज्ञा

१७, भाद्र काठमाडौँ – उपत्यकामा थप १ साताका लागि निषेधाज्ञाको अवधि लम्ब्याइएको छ । बुधवार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख अधिकारीहरूको बैठकले तेस्रोपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा भदौ २४ गतेसम्म जारी रहनेछ । थप गरिएको निषेधाज्ञा अवधिमा केही छुट दिने तयारी गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले […]

काकडभिट्टा–इनरुवा रेलमार्ग : हचुवाका भरमा ठेक्का दिनु गलत भएकाे नेता पौडेल भनाइ

१७, भाद्र काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषयहरु बाहिर आएको बताउँदै खुला प्रतिस्पर्धाविना निश्चित ठेकदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उल्लेख गर्नुभएको छ । उहाँले आज प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन को दफा ८, ९, १० […]

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री पोखरेल

१७, भाद्र काठमडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र […]

संक्रमितको संख्या तीब्र बढ्यो, १ हजार १ सय २० संक्रमित थपिए

१७, भाद्र काठमाडौं – मुलुकमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

१७, भाद्र काठमाडौँ – नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा […]