Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

तेस्रो नेपाल आइडल बनिन् सज्जा चौलागाईं

१२ भदौ , काठमाडौँ – नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाई भएकी छन् । त्यस्तै प्रवीण बेडुवाल  फष्ट रनअप हुन सफल भएका छन् भने सेकण्ड रनअपको उपाधि किरण कुमार भुजेलले जित्न सफल भएका छन् । आज नेपाल आइडलको स्टुडियोमै भएको  ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनामा सज्जाले आइडलको उपाधि जित्न सफल भएकी हुन्। जसबाट विभिन्न […]

काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ५० संक्रमित थपिएका छन् भने ललितपुरमा ११ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५४ […]

देशभर पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा संक्रमण

काठमाडौं – मुलुकमा थप ९ सय २७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

फरक फरक नाम राखेर अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई सर्वोच्चद्धारा सफाई

काठमाडौं – सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिर उलघंन गर्दै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सफाइ दिएको रहस्य खुलेको छ । फरक फरक नाम राखेर अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको मुद्धामा सर्वोच्चले गरेको गरेका फैसला आँफैले प्रतिपादन गरेको नजिर विपरित भएको पाइएको हो । नक्कली नोट कारोबार गरेको आरोपमा जिल्ला अदालत ललितपुरले २०६७ जेठ २६ गते […]

विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ‘आजै बिहान पिसिआर परीक्षणको […]

झापामा कोरोना संक्रमित ८३ वर्षीय वृद्धको मृत्यु

झापा – कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए । ८३ वर्षीय ती वृद्धका दुवै मिर्गौला फेल भएको र लामो समयदेखि उपचारका क्रममा रहेको थुलुङले बताए। उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका […]

सोह्र श्राद्ध पनि ‘भर्चुअल’

ललितपुर – पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ । ‘संक्रमणबाट जोगिनु पनि प¥यो, संस्कार पनि धान्नैप¥यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने […]

संक्रमणदर उकालो लाग्दै, काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ […]

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

काठमाडौँ – बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । जारी […]

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण

काठमाडौँ – प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट […]