Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

कोभिड–१९ रोकथाम नियन्त्रण गर्न प्रदेशमा उच्चस्तरीय समिति

काठमाडौँ- कोभिड –१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरीय समिति गठन गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँंग समन्वय गरी कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो । मन्त्रालय वा विभागका ११ औँ तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय  स्वास्थ्य […]

आज हरितालिका तीज

काठमाडौँ- हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजका दिन विहानै […]

तनहुँका नौ पालिकामा निषेधाज्ञा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० पालिकामध्ये नौ पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयद्वारा पाँच र पालिकास्तरबाट चार पालिकामा निषेधाज्ञा गरिएको हो । ऋषिङ गाउँपालिकामा भने लकडाउन गरिएको छैन । लकडाउन नगरिए पनि सर्तकता अपनाएर काम गरिएको र सवारी साधान अत्यावश्यकबाहेक गुड्न रोक लगाइएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो […]

देशभर बदली, अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना

४, भदाै काठमाडौँ – देशभर बुधबारको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। बुधबार राति पनि देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी […]

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

४,भदाै काठमाडौं –  काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ।  उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो। जिल्ला प्रशासन […]

नेपालमा कोरोना भाइरसबाट मृत्य हुनेको संख्या १ सय ७ पुग्यो

१ भदौ काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा बिभिन्न तीन जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १ सय ७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ३२ बर्षीय पुरुष , मोरङमा ६० बर्षीय पुरुष र काठमाडौंमा ५८ बर्षीया […]

काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा संक्रमण

१ भदौ काठमाडौं-  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ३९ संक्रमित थपिएका छन् भने ललितपुर ५ संक्रमित थपिएका छन् । यस्तै […]

एकै दिन २ सय ४० संक्रमित निको भए

३०,श्रावन  काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ४० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ४० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ७७ पुगेको छ । यो निको हुने कुल प्रतिशतमा ६६ दशमलव […]

काठमाडौं उपत्यकामा शुक्रबार १ सय १९ संक्रमित थपिए

३०, श्रावन  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय १९ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो । यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार […]

मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसदहरुको आपत्ति

२८,श्रावन काठमाडौं । सांसदहरुले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेका अभिव्यक्तिमा आपत्ति जनाएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले सरकारको कमजोरी लुकाउन मन्त्रीहरुले अरुमाथि आक्षेप लगाउने गरेको आरोप समेत लगाए । बैठकमा सांसद देवेन्द्रराज कडेलले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना गर्नुभयो । […]