समाचार
इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ ले हरायो
काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ । घरेलु मैदानमा टोटनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गरे । त्यस्तै ह्यारी केन, एरिक डाएर र रोड्रिगो बेन्टान्कुरले १र१ गोल थपे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले १र१ गोल गरे । लेस्टरले खेलको छैटौँ […]
आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै
काठमाडौँ – आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही […]
आज जितिया पर्वको मुख्य दिन
काठमाडौँ – थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), […]
झनै संक्रामक बन्दै डेंगु महामारी
काठमाडौँ – डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल […]
काठमाडौं-तराईरमधेस द्रुतमार्ग अनिश्चित
काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं-तराईरमधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना-बुझमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ। समितिको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन […]
टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै
काठमाडौँ – काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्। काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्। तीमध्ये जय […]
महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का लन्डनमा
काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आएका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डन स्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए । लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर […]
धुलिखेल अस्पतालमा जन्मियो झण्डै सात किलोको बच्चा, तर बचाउन सकिएन…..
काभ्रे – सामान्यतया एउटा नवजात शिशुको तौल ४.५ किलो हुने गर्दछ । तर धुलिखेल अस्पतालमा ६ हजार ६ सय ६० ग्राम अर्थात करिब ७ किलोको शिशुको जन्म भएको हो । सिन्धुपाल्चोकबाट निकै ढिलो अस्पताल ल्याईपुर्याएको कारण शिशुलाई बचाउन भने नसकिएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालका डाक्टर सुमनराज ताम्राकारका अनुसार बिहीबार साँझ ६ः५० बजे सिन्धुपाल्चोक […]
चुनावअघि लालपुर्जा नबाँड्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौँ – निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा […]
सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)
काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि […]



