Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

समाचार

संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

काठमाडौं – राहदानी विभागमा रहेको राहदानी संग्रहालय मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ । कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते ९सन् १९३४ अप्रिल २० जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर […]

क्यासिनोबाट ८४ लाख मनोरञ्जन कर संकलन

काठमाडौं – काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको छ । ७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् । पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले बताए । उनले भने, […]

बायर्नसँग बार्सिलोना पराजित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउनको लागि लुकास हर्नान्डेज र लिरोए सानले एक–एक गोल गरोा । खेलको ५०औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले योसुवा […]

चिनियाँ नेता ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

काठमाडौँ – नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष […]

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाडौँ – १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै […]

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

एजेन्सी – केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा मंगलबार भएको विशेष समारोहमा शपथ ग्रहण गर्नुभएको हो । उहाँको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए । केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने […]

निर्यातमा चीन १६ औं स्थानमा

काठमाडौँ – नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने […]

दलले खोसे मधेसी दलितको समानुपातिक प्रतिनिधित्व

काठमाडौँ – तत्कालीन राजपाले २०७४ सालमा मधेस प्रदेशका लागि ४३ जनाको समानुपातिक सूचीमा समूह विभाजन नगरी निर्वाचन आयोगमा सूची बुझाएका थिए। सूची बुझाउँदा ७ जना दलित समुदायका गर्नुपर्थ्यो। तर, एक जान दलितसहित ४३ जनाको नाम मधेसी कलष्टरमा राखेर बुझाइयो। त्यसमा एउटा नाम थियो, राम प्रवेश बैठाको । उनी मनोनीत पनि भए। चारैतिरबाट बधाई पाए। तर, […]

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्रै स्थानीयवासी झस्किए । साबिकको पाँचखाल गाउँ विकास समिति वडा नं। ४ र ७ हालको पाँचखाल नगरपालिका वडा नं। […]

उम्मेदवार फेर्न अवसरै अवसर

काठमाडौँ – एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् । निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य दलले समेत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् २२ असोजसम्म समानुपातिकतर्फको उम्मेदवार […]