समाचार
खुल्ने भयो ६ लेनको सडक
काठमाडौँ – काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ । सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको हो । यससँगै माइतीघर–सूर्यविनायक छ लेनको सडक पूर्ण रूपमा खुल्ने भएको छ । उक्त घरका कारण छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा […]
३४ निकाय काठमाडौँ महानगरको निशानामा
काठमाडौँ – नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ। कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ। कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली […]
‘राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो’
काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा […]
स्यालले टोक्दा चार जना गम्भीर घाइते
काठमाडौं – महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती […]
निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए टेस्टका लागि नमूना संकलन
काठमाडौं – निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा आइतबार एकैपटक बच्चा र आरोपी श्रेष्ठ दुवैजनाको नमूना लिइएको हो । कुमारी आमा निहारिकाले लामो समयदेखि आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै विभिन्न संघर्ष गर्दै आएकी थिइन् । केही दिनअगाडि मात्रै […]
लगातार पाँचौँ दिन पनि शेयर बजार राताम्मे
काठमाडौँ – शेयर बजार लगातार आज (आइतवार) पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेको छ । अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से दिनदिनै […]
चुनावी सुरक्षा उत्कृष्ट ढंगबाट निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन
काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आउँदो मंसिरमा हुने निर्वाचन सुरक्षा उत्कृष्ट ढंगबाट निर्वाह गर्न निर्देशन दिएका छन्। आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बोल्दै सेनापति शर्माले उक्त निर्देशन दिएका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि उनले मातहतका सुरक्षा अधिकारीलाई निर्देशन […]
अध्यागमन विभागको कालोसूचीमा परे सन्दीप लामिछाने
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । एक नाबालिकाले उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएपछि अध्यागमनले कालोसूचीमा राखेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । उनी हाल क्रिकेट खेलकै दौरान देशबाहिर रहेकाले अध्यागमनले नेपाल आउनासाथ पक्राउ गर्नेगरी कालो सूचीमा […]
पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प
एजेन्सी । पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ । भूकम्पले ठूलो क्षति पु–याएको अनुमान […]
चार्ल्स बेलायतका कस्ता राजा होलान् ?
काठमाडौं – चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ । राज्यारोहण समारोह पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । महारानी एलिजाबेथ द्वितीयाको बिहीबार राति निधन भएपछि शनिबार चार्ल्स तृतीयलाई विधिवत् रूपमा राजा घोषणा गरिएको हो । साधारणतः यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घन्टाभित्रै हुने भए पनि यो […]



