Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

मुलुकभर थप ६५ जनामा कोरोना पुष्टि, १९२ द्वारा स्वास्थ्यलाभ

२९ फाल्गुन, काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५९ जना र […]

तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो

२९ फागुन, काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने […]

क्यानको महानिर्देशक पद विवाद : मन्त्रिपरिषद्को बैठकको निर्णय नै भेटिएन

२५ फागुन, काठमाडौँ-नेपाल नागरिक उड्डयन प्रधिकरण (क्यान)को महानिर्देशक नियुक्ति विवादमा तानिएको छ । नियुक्त भएको ३ महिनामा नै सरकारले अर्को व्यक्तिलाई महानिर्देशकमा नियुक्ति दिए पछि प्राधिकरणको महानिर्देशक नियुक्ति विवादित बानेको हो । कुनै लिखित जानकारी विनानै आफु कार्यरत पदमा अर्को व्यक्तिलाई नियुक्ति दिएको भन्दै तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले सरकार विरुद्ध सर्वच्वमा उजुरी दिनुभएको छ । […]

बन्दुक बोक्ने म होइन : अध्यक्ष, कुशे गाउँपालिका

२३ फागुन, जाजरकोट-सामाजिक सञ्जालमा एक जना मोटरसाईकल चढेर बन्दुक बोकेको युवकको फोटो सार्वजनिक भयो । जसमा कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतले बन्दुक बोकेर हिडेको भनि लेखिएको थियो। जसले सोमबार बिहान देखी सामाजिक सञ्जालमा निकै टिकाटिप्पनी भए । यो विषयमा पालिका अध्यक्ष हरिचन्द्र बस्नेत सँग कुरा गर्दा आफु मोटरसाईकल चलाउन समेत नजान्ने बताउनु भयो । […]

आज महाशिवरात्रि : देशभरका शिवालयमा शिवको पूजा आराधना गरी मनाइँदै

१७ फागुन, काठमाडौं – प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि […]

स्थानीय तहमा ८० दल भिड्ने

१७ फागुन, काठमाडौँ – निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ सम्म निवेदन दिन आग्रह गरेको थियो। आयोगमा निवेदन दिएका ८० दलले मात्रै […]

संसदबाट एमसीसी सम्झौता अनुमोदन

१५ फागुन, काठमाडौं – संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा गरिव परिवार पहिचान सम्बन्धि सुपरिवेक्षक तथा गणक प्रशिक्षण तालिमको आयोजना

१३ फागुन, काठमाडौँ- जिल्ला समन्वय समिति काठमाडौँको समन्वयमा कागेश्वरी मनोहरा नगरपालिकामा ५ दिने गरिव परिवार पहिचान तथा परिचय–पत्र वितरण सम्बन्धि सुपरिवेक्षक तथा गणक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले पालिका भित्र रहेका वास्तविक गरिवहरुको पहिचान र उनिहरुको वास्तविक अवस्था पहिचान गर्नु चुनौतीपूर्ण […]

कुशे गाँउपालिका एक चिनारी

१३ फागुन, जाजरकोट -कर्णाली प्रदेश अन्तर्गत पहाडी जिल्ला जाजरकोटमा पर्ने गाँउपालिका हो, कुशे गाउँपालिका । यस नगरपालिकाको नगरप्रमुख हरिस चन्द्र बस्नेत र उप प्रमूख रामछाया कुमारी शाही हुनुहुन्छ । जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाई सम्मिलन गरी बनाइएको यस गाँउपालिकामा कृषि, […]

सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ घट्यो

९ फागुन, काठमाडौँ – नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९सोमबार० ९६ हजार २०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको […]