आर्थिक
मध्यभोटेकोशीको ९० लाख कित्ता आइपिओ आजदेखि खुल्यो
२० आश्विन, काठमाडौँ – मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो। त्यसमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता […]
आज सेयर बजारमा हरियाली,यति अंकले बढ्यो नेप्से
१९ आश्विन,काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । लगातार घटिरहेको नेप्से आज ४१.८४ अंकले बढेर २ हजार ६ सय १२.६४ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ। उच्च बृद्धि हुने कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर […]
कति छ आज सुनचाँदीको मूल्य ?
१८ आश्विन, काठमाडौँ – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सुन आइतबार दुई सयले बढेको थियो। गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो। आज छापावाला सुनको […]
‘ट्याक्स हेभन’ मुलुकमा लगानी गर्ने नेपाली को-को हुन् ?
१८ आश्विन, काठमाडौं – ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो । शाक्य […]
सुनको मुल्य प्रतितोला यति सय बढ्यो
१७ आश्विन, काठमाडौं – सुन आज तोलाको २ सय रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय तोकिएको छ । तेजावी सुन ८९ हजार ३५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य १ हजार १६० रूपैयाँ निर्धारण गरिएको छ ।
सरकारले ५ लाख घरपरिवारलाई पाँच अर्ब रुपैयाँ वितरण गर्ने तयारी अघि बढायो
१७ आश्विन, काठमाडौं – सरकारले ५ लाख घरपरिवारलाई पाँच अर्ब रुपैयाँ वितरण गर्ने तयारी अघि बढाएको छ । करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाका साथ अर्थ मन्त्रालयले कार्यविधि तयार गरी प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्याएको हो । त्यससम्बन्धी कार्यविधिलाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरिसकेको र आगामी बैठकबाटै […]
५० अंकले बढ्यो नेप्से ५ अर्बमा कारोबार सिमित
१३ आश्विन, काठमाडौं – केही दिन यता निरन्तर ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । नेप्से आज ५० दशमलव ५८ अंकले बढेर २६ सय ६५ दशमलव ९३ विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशलमव ५८ अंकले बढेर ५०३ दशमलव ४६ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार २२९ […]
६१ अंकले घट्यो नेप्से
१० आश्विन, काठमाडौँ – साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१।२७ अंकले घटेको छ । आज नेप्से २७५८।४८ विन्दुमा रोकिएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५।८९ प्रतिशतले घट्यो । मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट […]
सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?
१० आश्विन, काठमाडौँ – आज सुनको मूल्य स्थिर छ । छापावाल सुन प्रतितोला शुक्रबारकै जति ८९ हजार रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ८८ हजार ५५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य १ हजार १५० निर्धारण गरिएको छ।
भित्रियो दुई महीनामै साढे ४४ करोडको विद्युतीय गाडी
९ आश्विन, बझाङ – सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष ९आव० २०७८र७९ को पहिलो २ महीनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा […]



