Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि बेलौरीका दुई बैंक बन्द

१५ असोज  कैलाली – कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका  दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै […]

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

१४ असोज  काठमाडौँ – उपप्रधानमन्त्री  ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीचको घनिष्ठ एवं  मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । रक्षामन्त्री पोखरेलले नेपालका लागि युएईका राजदूत साइद अम्दन अल नाक्बीसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उहाँले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा […]

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

१४ असोज काठमाडौँ – नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार […]

बैंकको व्यवहार मन नपरे राष्ट्र बैंकमा उजुरी पाइने

१३ असोज काठमाडौँ – बैंक तथा वित्तीय संस्थाको बारेमा कुनै गुनासो या समस्या भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा तथा व्यवहारमा चित्त नबुझेमा उजुरी गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’  जारी गरेको छ  । कार्यविधि अनुसार बैंक तथा वित्तीय […]

नेप्सेमा झिनो गिरावट

१२ असोज  काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता […]

सुन प्रतितोला एक हजार २०० ले घट्यो

८ असोज काठमाडौँ -पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । बुधबार एक हजार २०० र आज प्रतितोला एक हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला  ९३ हजार १०० र तेजाबी […]

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

७ असोज काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही […]

नेप्सेमा भारी गिरावट : २२ अंकले घटेको नेप्से १ हजार ५ सय ४६.१५ विन्दुमा रोकियो

६ असोज काठमाडौँ – मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचक पनि ओरालो लाग्न दबाब पुगेको हो। यस दिन नेप्से २२.९१ अंक अर्थात १.४६ प्रतिशत घटेर १५४६.१५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८४ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट […]

सुन र चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदै छ कारोबार

६ असोज काठमाडाैँ – सुनको मूल्य एकै दिन भारी गिरावट आएको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । एकै दिन सुन प्रति तोला १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको […]

नेप्से परिसूचक आज ६ दशमलव १२ बिन्दुले ओरालो लाग्यो

५ असाेज काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६ दशमलव १२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९ दशमलव ६ मा पुगेको  छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३८ ले ओरालो लागेर […]