राजनीति
कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा, पुन: नेतृत्व हत्याउने दाउमा देउवा
२३ भाद्र काठमाडौं-कुनै उल्झन आएन भने नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुनमा हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक विवाद भने उत्कर्षमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीका विभाग विस्तार र त्यसमा सदस्य मनोनयन गरिरहेको भन्दै इतर पक्ष रुष्ट छ । सभापति देउवा जसरी पनि आगामी महाधिवेशनबाट पुनः पार्टीको नेतृत्व […]
काकडभिट्टा–इनरुवा रेलमार्ग : हचुवाका भरमा ठेक्का दिनु गलत भएकाे नेता पौडेल भनाइ
१७, भाद्र काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषयहरु बाहिर आएको बताउँदै खुला प्रतिस्पर्धाविना निश्चित ठेकदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उल्लेख गर्नुभएको छ । उहाँले आज प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन को दफा ८, ९, १० […]
मन्त्रीमण्डल हेरफेर गरिदै, नेकपामा हल्लीचल्ली
९ भाद्र काठमाडौँ-नेकपा भित्रको विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपानेताहरुको चहलपहल सुरु भएको छ । शनिबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा काम प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारमा हेरफेरको प्रस्ताव गरिएको छ । प्रतिवेदनमा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने र […]
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसदहरुको आपत्ति
२८,श्रावन काठमाडौं । सांसदहरुले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेका अभिव्यक्तिमा आपत्ति जनाएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले सरकारको कमजोरी लुकाउन मन्त्रीहरुले अरुमाथि आक्षेप लगाउने गरेको आरोप समेत लगाए । बैठकमा सांसद देवेन्द्रराज कडेलले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना गर्नुभयो । […]
ओली–प्रचण्ड आज पनि छलफल
२२, श्रावन काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान छलफल हुने भएको छ। बुधबार बेलुका ५ बजे बस्ने भनिएको दुई अध्यक्षको निर्धारित बैठक स्थगित गरी आज विहान बिहान बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
भैंसेपाटी पुगेका प्रचण्डलाई वामदेवले भने: ‘म ठूलोसानो कुनै पनि गुटमा लाग्दिनँ’
२१,श्रावन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका छन्। गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार उनले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्। कमरेड प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भनी सोध्नुभयो।उपाध्यक्ष […]
संकटका बेला आफ्नै पार्टीका नेता गैरजिम्मेवार भए’: प्रधानमन्त्री ओली
श्रावन, २० काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा आफ्नै पार्टीका नेता तथा कार्यकर्ता गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै उनीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो असन्तुष्टि राखेका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले लिन नसकेको […]
बालुवाटारमा नेता खनाल सहित ओली–दाहालबीच भेटवार्ता
१८ श्रावण, काठमाडौँ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी हुनुहुन्छ । दाहालले खनाललाई पनि साथै लिएर बालुवाटार जानुभएको हो । छलफल बिहान ९ बजेर ४५ मिनेटबाट सुरु भएको छ । केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको […]
जनताको आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण हो : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् । मुस्लिम समुदायको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास […]
केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदमा रहन नेता गौतमको प्रस्ताव
१३, श्रावन, काठमाडौँ नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रहलाई तत्काल रोक्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष गौतमले ६ बुद्दे प्रस्ताव सहित दुबै अध्यक्षहरुलाई प्रस्ताव गर्दै हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदमा नै रहना प्रस्ताव गर्नु भएको हो । ‘प्रधानमन्त्रीको दैनिक कामकाजमा पार्टीले हस्तछेप नगर्ने’ नेता गौतमले प्रस्तावमा भन्नुभयो ‘तर […]



