Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने

२५ जेठ, काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री गुरुङको प्रस्ताव आज संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन त्यसभन्दा २ दिन पहिले संसद सचिवालयमा […]

नेकपा एमालेको माधव नेपाल पक्षीय सांसदले साथ दिँदा जोगियो सूदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पद

२५ जेठ, काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सफल हुनु भएको छ । आज बसेको सूदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले नेकपा एमालेका माधव नेपाल पक्षीय नेताहरुको साथ पाएसँगै विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको थियो । विश्वासको मत दिन गरेको आग्रह स्वीकार्दै ३० सांसदले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए […]

सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको बैठक सुरु

२५ जेठ, काकठाडौँ – सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् । एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन […]

आज मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा सुनुवाई हुने

२५ जेठ, काठमाडौँ –  मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले पेशी तोकेको छ । केपी […]

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

२५ जेठ, काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव राख्नेछन् । भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, […]

माधव नेपाल आक्रामक, देउवा र प्रचण्डसँग मिलेर प्रदेशमा सत्ताको नयाँ रणनीति

२४ जेठ, काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेका नेपालले प्रचण्डसँगै बसेर देउवासँग केन्द्र देखि प्रदेशसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रणनीतिबारे छलफल गरेका छन् । सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्टले विश्वासको मत मङ्गलबार लिन लागेकोमा […]

निवर्तमान राज्यमन्त्री मानन्धरबाट आवास सुविधा फिर्ता

२४ जेठ, काठमाडौं– निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गराउनुभएको छ । विसं २०७६ मङ्सिर ४ देखि यही जेठ २१ गतेसम्म राज्यमन्त्री हुनुभएका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रति महिना रु ४० हजारका दरले हुने रु सात लाख […]

स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पति विवरण सार्वजनिक, कोरोना कहरबाट नेपालीलाई मुक्त गराउने भनाइ

२४ जेठ, काठमाडौं– स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार मन्त्री तामाङले सम्पति विवरण सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले आफूले जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन सम्पति विवरण सार्वजनिक गरेको बताउनुभयो । मन्त्रिपरिषद् सदस्यको रुपमा आफूले विवरण सार्वजनि गरेको […]

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

२४ जेठ, काठमाडौं– संसद विघटनपछि गरिएको मन्त्रिपरिषद गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेको भन्दै रिट दायर गरेका हुन् । मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै रिट दायर भएको हो । प्रधानमन्त्री ओलीले […]

राजेन्द्र महतो बने उपप्रधानमन्त्री : जसपाका अरु को-को बने मन्त्री ?

२१ जेठ, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा जाने पक्का भएको छ । ओली सरकारमा जाने मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको बताइएको छ । जसपा स्रोतले बताएअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा […]