रोजगारी
विदेशबाट ल्याइने नेपालीहरुको यसरी हुँदैछ व्यवस्थापन हवाई भाडा व्यक्ति स्वयंले बेहोर्ने
काडमाडौँ-कोरोनाभाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको जेठ १६ गते बसेको बैठकले भारतलगायत तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन कार्य योजना बनाएको छ । जसअन्र्तगत जेठ २६ गतेबाट कामदार ल्याउने तयारी सरकारले गरेको छ । लकडाउनका कारण लामो समयदेखि विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, पहिले नै टिकट काटेर पनि फर्कन नपाएका नागरिकहरुलाई ल्याउनका […]
अमेरिकाको कामदार भिसा खुल्ला
काठमाडौं-अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको हो । युएससीआईएसका अनुसार अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण […]
भाषा परिक्षा पास गरेर दक्षिण कोरिया काम गर्न गएका नेपाली धमाधम पक्राउ
दक्षिणा काेरिया-नेपालबाट रोजगारीका लागी भाषा परिक्षा पास गरेर दक्षिण कोरिया पुगेका केही नेपाली कामदार पक्राउ परेका छन् । कोरियामा रहेका नेपालीहरुलाई केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ । ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा […]
कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर अवसर (विज्ञापन सहित)
काठमाडौं – कृषि विकास बैक लिमिटेडले विभिन्न पदमा ३८४ जनाका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७५र७६ कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्न दरखास्त आव्हान गरेको हो । बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा दरखास्त मागेको छ। वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र […]
जसको दिमागले भेटछ उसैले जागिर खान्छ भन्दै लोकसेवा पुगेका विद्यार्थीमाथि प्रहरीको दमन
सवाल सम्वाददाता काठमाडौं-लोकसेवा आयोगले खुलाएको विज्ञापन विवादित बन्न पुग्यो । लोकसेवाले खुलाएको विज्ञापनलाई खारेज गर्ने वा नगर्ने भन्ने विषयमा संसदिय समितिमा समेत जुहारी नै चल्यो । यही दोधारको मारमा परेका छन् लोकसेवा तयारी गर्दै बसेका विद्यार्थीहरु । लोकसेवाको विज्ञापन विवाद भएपछि पनि फारम भर्नेको संख्यामा केही कम भएता पनि धेरैले फाराम भरेका छन् । असार […]
अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी
काठमाडौं – नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी०मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी […]
जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, मार्च दोस्रो सातासम्म सम्झौता हुने
काठमाडौँ – जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै […]
वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सामाजिक सुरक्षा योजनामा सहभागी (भिडियो सहित)
सवाल सम्वाददाता काठमाडौँ-वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराइने भएको छ । श्रम मन्त्रालयका सचिव महेश दाहालको संयोजकत्वमा गठन भएको कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने योजना तयार पारिएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीका क्रममा नेपाल बाहिर रहेका करीब ४३ लाख नेपालीलाई यस योजनामा […]
खाद्य संस्थानमा रोजगारीको अवसर
काठमाडौं – नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ। संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ। हेर्नुहोस् विस्तृत विज्ञापन
रोजगार ब्यवस्थापन गर्नेका लागि आजदेखि जागिर खुल्यो
काठमाडौं – सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ । श्रम मन्त्रालयले रोजगार संयोजकका लागि आजदेखि आवेदन दिन सकिने बताएको छ । संयोजकका लागि १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासु बराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको योग्यता चाहिने मन्त्रालयले जनाएको छ । रोजगार संयोजकले स्थानीय […]



