Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

शिक्षा

विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

६ मंसिर काठमाडौँ– महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा सरकारी प्रतिनिधि, शिक्षाविज्ञ र शिक्षाकर्मीले शिक्षक नतातेसम्म विद्यार्थीको सिकाइ […]

चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक

२६ कात्तिक काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फका परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण रोएिको परीक्षा स्वास्थ्य मापदण्ड गूरा गरेर संचालन गर्न शिक्षा मन्त्रालयले यसअघि नै अनुमति दिइसकेको छ । परीक्ष संचालनका लागि त्रिभुवन विश्वविद्यालयले तयारी पनि थालिसकेको छ । मंसिर २८ गतेबाट संचालन हुने […]

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

१९ कात्तिक काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन […]

परीक्षा सञ्चालन गर्न सरकारको सैद्धान्तिक स्वीकृति

२१ असोज काठमाडौँ – सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, […]

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

१५ असोज  काठमाडौँ – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही […]

स्थगित कक्षा १२ को परिक्षा अनलाइन मार्फत लिइने

३१ भद्र काठमाडौँ – लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी […]

कक्षा-१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने परीक्षा बोर्डको तयारी

२३ भाद्र काठमाडौँ – कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा […]

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

२०, भाद्र काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका […]

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री पोखरेल

१७, भाद्र काठमडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र […]

शिक्षकका व्यथा र आलोचना

१६ भाद्र महामारीले आक्रान्त भईरहेको यो विद्यमान अवस्थामा हरेकका जनजीवन र कार्य व्यस्तता सहज र नियमित हुन सक्ने कुरै भएन । पुरानै अवस्था र नियमिततामा आउन बर्षौँ लाग्नसक्ने अवस्था हुन सक्छ । मानव जीवनलाई वैकल्पिक तरिकाबाट सोच्न र आफ्ना कार्यशैली परिवर्तन गर्नै पर्ने बाध्यता छ । हामी सदा भन्दा भिन्न र वैकल्पिक तरिकाबाट सोच्न सकेनौ […]