Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

शिक्षा

त्रिविको स्थगित परीक्षा असोजभित्रै, वैकल्पिक विधि तय गरिँदै

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन […]

कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन गरिने

काठमाडौँ-पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनगर गर्दै परिषद्ले कक्षा ११ को बोर्ड परीक्षा नगर्ने आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो । यसअघि […]

महामारीका बेला तीन सय बढी डाक्टर घर फर्कंदै

काठमाडौँ-सरकारले समयमै निर्णय नगर्दा एमडी अध्ययन गरिरहेका करीब तीन सय चिकित्सकहरु घर फर्किने भएका छन् । बढ्दो कोरोना संक्रमणका बेलामा थप चिकित्सक चाहिने अवस्थामा त्रिवि शिक्षण अस्पताललगायत धरान र पाटनमा डाक्टरहरुको थप अभाव हुने देखिएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका तीन सय बढी रेजिडेन्ट चिकित्सकहरुको अवधि यसै महिनादेखि सकिन सुरु हुँदै छ । आउँदो […]

एसईईमा नयाँ व्यवस्था : पूरक परीक्षा सबैले दिन पाउने

काठमाडौँ – परीक्षा नियन्त्रण कार्याललय ९पनिका० ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक […]

ग्राण्ड एकेडेमी र महाकालेश्वरीबीच सहयोग सम्झौता

सवाल सम्वाददाता ललितपुर । गाण्ड एकेडेमी र महाकलेश्वरीबीच सहयोग सम्झौता भएको छ । सातदोबाटो, ललितपुरमा रहेको ग्राण्ड एकेडेमी र महाकालेश्वरी आधारभूत विद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालको समेत सहभागिता थियो । ८० प्रतिशत भन्दा बढि विद्यार्थीहरुले विद्यालयमा पढाई बिचमै छाड्ने गरेको जानकारी पाएपछि त्यो विद्यालयलाई अँगालेर पहिलो चरणमा शैक्षिक […]

अध्ययनका लागि विदेश जानु हुदैन : प्रधानमन्त्री केपी शर्मा ओली

सवाल सम्वाददाता  बाग्मती- कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जाने कुरा नसुहाउदो भएको बताउनुभएको छ ।   “देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“कुनै विशिष्ट प्रकारको […]

विद्यालयको भौतिक निर्माणमा जनप्रतिनिधिको हस्तक्षेप भएको भन्दै विद्यालयमा पाँच दिनदेखि ताला

लुम्बिनी- विद्यालयमा पाँच दिनदेखी ताला लाग्दा पठनपाठन प्रभावत बन्न पुगेको छ ।  जुकेना शिवाहदह माविमा पाँच दिनदेखि लागेको ताला नखुल्दा ५०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । विद्यालयको भौतिक निर्माणमा दलका जनप्रतिनिधिले हस्तक्षेप गरेको भन्दै विद्यार्थी आन्दालित भएका हुन् । बहालवाला प्रध्यानाध्यापकलाई हटाउन खोजिएको, विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट […]

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

काठमाडौं – अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सीलाई […]

२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकको अवकास दिन करिब १० अर्ब रुपियाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एक पटक अवसर दिएका तीन हजार शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो । शिक्षा तथा मानव स्रोत केन्द्रले अवकाश पाउने शिक्षकको […]

अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी सार्वजनिक […]