Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

सल्यानमा जिपको ठक्करबाट दुई छात्राको मृत्यु ,तीनजना घाइते

१५ आश्विन, काठमाडौं –सल्यानमा जिपको ठक्करबाट दुई छात्राको मृत्यु भएको र अन्य तीनजना सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नम्बरको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र […]

पशुपतिका बाबामाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

१५ आश्विन, काठमाडौं- पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो […]

सिन्धुपाल्चोकमा भूकम्प

१५ आश्विन, काठमाडौँ – शुक्रबार सिन्धुपाल्चोकमा भूकम्प गएको छ । भू–कम्पले सिन्धुपाल्चोकको जेथाललाई केन्द्रबिन्दु बनाएको थियो । शुक्रबार दिउँसो १२ बजेर ५४ मिनेटमा गएको भू–कम्प ४ दशमलव २ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प गोरखा भूकम्पको पराकम्प हो । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि […]

एमालेका कारण नाकाबन्दीको सामना गर्नुपर्यो : प्रदीप ज्ञवाली

१५ आश्विन, काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो दलका कारण नाकाबन्दीको सामना गरिएको र चुच्चे नक्शा जारी भएको बताउनुभएको छ। उनले एमालेको विधान महाधिवेशनमा बोल्दै एमालेले ठूलो चुनौती सामना गरेर चुच्चे नक्शा जारी गरेको बताएको हो। ‘एमालेका कारण नाकाबन्दीको सामना गरियो,’ ज्ञवालीले गोदावरीमा आयोजित विधान महाधिवेशनमा भने, ‘एमालेकै कारण चुच्चे नक्शा जारी भयो […]

एमालेको विधान महाधिवेशन(फोटोफिचर)

१५ आश्विन, काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरू भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रलाई दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।        

दाउन्ने घोराही सडक खण्डमा बारम्बार जामका कारण यात्रुलाई सास्ती

१५ आश्विन, काठमाडौँ –पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो। बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा बिताउनुपर्दाको पीडा यतिखेर उक्त सडकखण्डको नियति जस्तै बनेको पाइएको रुपा गाउँपालिका–७ का कालिदास सुवेदीले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग […]

रातभर मुर्दाघरमा राखेको महिला बिहान जिउँदै बाहिर निस्केपछि‘

१५ आश्विन, एजेन्सी – मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् । वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा राखेका थिए । तर, भोली पल्ट बिहान महिलाका परिवार शव लिन मुर्दाघरमा जाँदा […]

बुद्ध एयरले आवासीय भाडादर घटायो,आजैदेखि लागू

१५ आश्विन, काठमाडौँ – बुद्ध एयरले आवासिय भाडादर घटाएको छ। ६ महिनादेखि नेपालमा बसोबास गर्दै आएका विदेशिहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासिय) हवाई भाडादर सस्तिएको हो।  यसअघि आवासिय भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी  थियो। अब भने यात्रुहरुले नेपाली भाडादर ‘वाइ क्लास’ बराबरको भाडा तिरेर यात्रा गर्न पाउनेछन्। यो नियम बुद्ध एयरका सबै गन्तव्यमा लागू […]

बढ्यो सुनको मूल्य तोलाको यति हजार

१५ आश्विन, काठमाडौँ – शुक्रबार सुनको मूल्य ९ सयले बढेर तोलाको ८९ हजार ६ सयमा कायम छ। अघिल्लो दिन सुन ८८ हजार ७ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ११ सय २० रुपैयाँमा थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस […]

प्रेमको नक्कल गरेर बालिका बेच्न खोज्ने युवक पक्राउ

१५ आश्विन,पर्वत – प्रेमको नाटक गरेर १४ वर्षीया किशोरीलाई भारतमा बेच्न खोज्ने एक युवक पक्राउ परेका छन् । प्रहरीले मोदी गाउँपालिका९५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार पक्राउ गरेको हो । १४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको […]