समाचार
एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्ने,पाँच हजार प्रतिनिधि सहभागी हुँदै
१५ आश्विन, काठमाडौँ – नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो। एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताईएको छ। महाधिवेशनमा देशैभरबाट गरी करिब पाँच […]
आज देखि अनावश्यक भीडभाड गर्न नपाईने
१५ आश्विन, काठमाडौँ – सरकारले बुधबार राति १२ बजेदेखिनै लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने […]
टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने
१५ आश्विन, काठमाडौँ – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा रु १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी […]
हजारौँ सहिदहरुको ऋण मेरो टाउकोमा छ : अध्यक्ष प्रचण्ड
१४ आश्विन काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो टाउकोमा हजारौँको सहिदको ऋण रहेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सो बताउनुभएको हो । उहाँले नेपालमा क्रान्तिबाट सामान्तवाद विरुद्ध राजनीतिक क्रान्ति सम्पन्न गरेको बताउनुभयो । उहाँले लेनिनले भनेजस्तो समाजवादी क्रान्ति गर्ने कि नगर्ने भन्ने अवस्थामा आएको […]
८ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक
१४ आश्विन, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेको अवरोधका बीच सभामुख सापकोटाले बैठकलाई अगाडि बढाउनुभएको थियो। बैठकको सुरुमा उहाँले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट […]
जनयुद्धमा मारिएकालाई सरकारले छिटै राष्ट्रिय सहिद घोषणा गर्छ : प्रचण्ड
१४ आश्विन, काठमाडौं –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको गठबन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको बताउनुभएको छ । सरकारको हालै जारी साझा न्यूनतम कार्यक्रममा पहिलोपटक राज्यको तर्फबाट जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषयलाई दस्तावेजीकरण गरिएको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो । माओवादीनिकट सहिद […]
सर्यो राष्ट्रियसभाको बैठक
१४ आश्विन, काठमाडौं – आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको […]
लुम्बिनीको विकास नरोक्न प्रधानमन्त्रीलाई एमाले नेताहरुको आग्रह
१४ आश्विन, रूपन्देही – बुटवलस्थित ज्योतिनगर पहिरो नियन्त्रणलगायत रूपन्देहीका विकासे योजनाबारे सरकारको ध्यानाकर्षण गराउन पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीसहितको टोलीलाई लिएर सर्वदलीय बैठक चलिरहेकै बेला पौडेल बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुग्नुभएको हो । नेता पौडलले जिल्लाको विकासका काम रोकिएकोमा आपत्ति जनाउन जिल्लाका […]
असहाय र अशक्तको घर–घरमा चौंरीदेउराली गाउँपालिकाका
१४ आश्विन, काभ्रे –चौंरीदेउराली-काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरेको छ । गाउँपालिका अध्यक्ष तथा समाजसेवी दिननाथ गौतमको विशेष पहलमा उनीहरूलाई बुधवारबाट सामाजिक सुरक्षा भत्ता घर–घरमा वितरण गर्न थालनी भएको छ ।आर्थिक वर्ष ०७७.०७८ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने लाभग्राहीहरूलाई गाउँपालिका, वडा […]
भेडा च्याङ्ग्राको मूल्य बढ्यो
१४ आश्विन, काठमाडौँ –महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ । तिब्बत्बाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि […]



