समाचार
आजबाट राजधानीमा सभाजुलुस,जात्रा,महोत्सव गर्न नपाइने (आदेशसहित)
१४ आश्विन, काठमाडौँ – कोभिड-१९ संक्रमण कायम रहेको बताउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आदेश जारी गर्नुभएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका रुकुमका २ जनालाई हेलिकप्टरमार्फत पुर्याईयो अस्पताल
१४ आश्विन, रुकुम – रुकुम पश्चिममा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई बिहीबार बिहान एउटै हेलिकप्टरमा राखेर उपचारका लागि सुर्खेत पुर्याएको छ। बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं.३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते तुल्याएको थियो। करिब तीन घन्टा पछि बेलुका सात बजेतिर […]
मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर पुन : पक्राउ
१४ आश्विन, पर्सा –पर्साको वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोरलाई प्रहरीले फेरी पक्राउ गरेको छ । एसिड प्रहार गर्ने मध्येका रौतहटको परोहा गाउँपालिका–७ घर भई बीरगञ्ज बस्ने समशाद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । २०७६ भदौ २० मा मुस्कानमाथि बीरगञ्ज महानगरपालिका–४ स्थित गणेश चोकमा एसिड प्रहार भएको थियो […]
गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
१४ आश्विन, रूपन्देही – गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीमा चट्याङ लागेर नौजना घाइते भएको बताईएको छ । बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो । तीनजनाको गुल्मी अस्पताल तम्घासमा उपचार […]
त्रिभुवन विमानस्थल उत्रिए परराष्ट्रमन्त्री खड्का
१४ आश्विन, काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले कोभिड(१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताउनुभयो । महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेत लगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उहाँले जनाउनुभयो । […]
बुद्ध एयर प्रकरण : पाइलट शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक
१४ आश्विन, काठमाडौँ – प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो । नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले उक्त घटनाका सम्बन्धमा […]
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार
१४ आश्विन, काठमाडौँ – संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गर्नुभएको छ। प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार […]
बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला
१४ आश्विन, काठामाडौँ – काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताउनुभयो। शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली […]
बंगलादेशमा रोहिंग्या शरणार्थीका नेताको गोली हानी हत्या
१४ आश्विन, काठामाडौँ – बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ। म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चाररपाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए। समाचार संस्था एपएफपीका अनुसार क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको थियो। कक्स बजारका प्रहरी […]
पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकप्टर,भाडा कति लाग्छ ?
१४ आश्विन, काठामाडौँ – स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन […]



