समाचार
धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा महत
१३ आश्विन, काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताउनुभयो […]
एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
१३ आश्विन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा काठमाडौं कार्य समितिको आव्हानमा गरिएको प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने आवाज उठाइएको छ । प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । राप्रपा कार्यकर्ताले पूर्वराजारानीको तस्बिरअंकित टिसर्टसमेत लगाएका थिए । […]
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
१३ आश्विन, जनकपुरधाम – प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार दिउँसो आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा पुगेको छ । थप विवरण आउन बाँकी छ ।
ईपीएल : विराटनगरविरुद्ध बलिङ गर्दै भैरहवा ग्लाडियटर्स
१३ आश्विन, काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ । त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो । यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए […]
लुम्बिनी प्रदेश सभा बैठक पुन : स्थगित
१३ आश्विन, रुपन्देही – लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक यही […]
मन्त्री बन्ने लाइनबाट आखिर किन बाहिरिनु पर्यो : श्रेष्ठ
१३ आश्विन, काठमाडौ – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने इच्छा देखाएका नेता श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिनुभएको हो। सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब […]
सभामुख सापकोटाविरुद्धको मुद्दा फेरि हेर्न नमिल्नेमा
१३ आश्विन, काठमाडौ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । संवैधानिक इजलासको पहिलो नम्बरमै पेसी तोकिएको सो मुद्दा योसहित दर्जन बढी पटक हेर्न नमिल्ने र नभ्याइने भन्दै १० वर्षदेखि चलिरहेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण यसअघि पनि हेर्न नमिल्ने सोही मुद्दाको सुनुवाइका लागि आज […]
बेलायतको नागरिक भन्दै सामाजिक संजालबाट ठगी गर्ने ब्यक्ति प्रहरीको नियन्त्रणमा
१३ आश्विन, काठमाडौ – बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका९४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। केडि गोरखाली नामको फेसबुक […]
काठमाडौं महानगर समितिको सभापतिमा शाक्यको उम्मेद्वारी
१३ आश्विन, काठमाडौ – नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ। लोकतन्त्र र विधिको शासनका पक्षमा साढे ४ दशक देखि यात्रा अविचलित रही कायम गरेका शाक्यले आज एक विज्ञप्ती जारी गर्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो। शाक्य २०३३ सालमा विपी कोइरालाले शुरु गरेको राष्ट्रिय […]
माधव नेपाललाई रुघाखोकी र ज्वरो
१३ आश्विन, काठमाडौं – नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई रुघाखोकी र ज्वरो आएको छ । उनी तिन दिनयता विरामी परेको बुझिएको छ । नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । उहाँलाई कोरोना भाइरसको संक्रमण भने देखिएन ।



