Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

बुटवल उपमहानगरपालिका प्रमुखलाई स्थानीयले गरे कुटपिट

४ अश्विन बुटवल – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बाढी-पहिरो पीडितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो । मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुग्नुभएको थियो । सो क्रममा पहिरो रोकथाम र पीडित जनतालाई राहात नदिएको भन्दै स्थानीयद्वारा उनीमाथि मुक्का प्रहार भएको प्रहरीले जनाएको […]

संखुवासभा सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार को हुन् ?

 ४ अश्विन,संखुवासभा – संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।  संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा  अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको एसपी भीम […]

नेपालमा बजेट बनाउने प्रणाली डरलाग्दो : अर्थमन्त्री

३ असोज, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताउनुभएको छ। अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताउनुभएको हो । शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो भेटिएको […]

हामीले अनेक बाधा,अड्चनलाई पराजित गरेर संविधान जारी गरेका हौं : अध्यक्ष ओली

३ असोज, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ७ दशकभन्दा लामो समयसम्म गरेको संघर्ष र दिएको बलिदानीपश्चात् नेपालको संविधान प्राप्त गरेको स्पष्ट पार्नुभएको छ । एमालेले सातौं संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ठूलो र लामो संघर्षको ईतिहासबाट […]

चाँदीको मूल्य घट्यो,सुनको स्थिर

३ असोज, काठमाडौँ –आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको […]

उद्योगी व्यवसायीले पाए विभूषण र पदक

३ असोज, काठमाडौँ – संविधान दिवसका अवसरमा विभिन्न उद्योगी-व्यवसायीसहित बैंकरहरु विभूषित हुनु हुने भएको छ । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उहाँहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । सुकीर्तिमय राष्ट्रदीपबाट डा.उपेन्द्र  महतो, सुरेन्द्रवीर मालाकार, उद्यमी देवीप्रकाश भट्टचन,  ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापा विभूषित हुनुहुनेछ । त्यस्तै सुप्रबल जनसेवाश्री पदकबाट नेपाल उद्योग वाणिज्य […]

अफगानिस्तानमा विस्फोट हुँदा ७ को मृत्यु, ३० भन्दा बढी घाइते

३ आश्विन, एजेन्सी – अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् ।  ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको आतंकको अवशेषजस्तो देखिन्छ,’ तालिबानी स्रोतले बताएको छ । तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद […]

विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ कैदीको सजाय मिनाहा

२ आश्विन काठमाडौँ – संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ जनाको सजाय मिनाह भएको छ। गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच सय ३१ जनाको सजाय मिनाहा गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पुर्णबहादुर भन्ने किशोर […]

एमसिसी प्रस्ताव बिना परिमार्जन संसदबाट पारित गर्न मिल्दैन : प्रचण्ड

 २ आश्विन, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका कारण गठबन्धन नटुट्ने बताउनुभएको छ। शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम समापनपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसिसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताउनुभएको छ। प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर […]

मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो

२ आश्विन काठमाडौँ – मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । सँगै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र […]