समाचार
पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध
१४ साउन, काठमाडौँ – अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र […]
सत्तारुढ गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता
साउन १४, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा(दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो । छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् […]
दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ पक्राउ
१४ साउन, काठमाडौँ – हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट […]
खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर बरामद
१४साउन, महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ । जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा […]
जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो
१४ साउन, काठमाडौँ – आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता […]
शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्ने खोज्ने ६ जना पक्राउ
१३ साउन, काठमाडौँ – मोरङको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्ने खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका -१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरु […]
सशस्त्रका डीआईजी श्रेष्ठको पदावधि थप सम्बन्धमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
१३ साउन, काठमाडौँ – सर्वोच्च अदालतको संयुक्त इजलासले सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको पदावधि थपका सम्बन्धमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि गएको शुक्रवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेकोमा बिहीवार संयुक्त इजलासले अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर […]
काठमाडौंको सोफा फ्याक्ट्रीमा भीषण आगलागी, करोडौंको क्षति
१३ साउन, काठमाडौँ – काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ । प्रहरीका अनुसार दिउँसो ३ः ४५ मा आगलागी सुरु भएको हो । आगलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा […]
कारागार चुहिँदा कैदीबन्दीलाइ सास्ती
१३ साउन, काठमाडौँ – राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिदा त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर रात बिताउन बाध्य छन् । जिल्ला कारागारका नाइके दीपेन्द्र जेठाराले भन्नुभयो, “बाहिर सामान्य पानी पनि पर्नु हुँदैन सबैभित्र छिर्छ, बढी पानी […]
समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति
१३ साउन, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताउनुभएको छ । सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उहाँले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो […]



