Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

विभिन्न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय

१४ साउन, काठमाडौँ – केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले  विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो  छ । जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा  चर्को शुल्क लिएको स्थानीय अभिभावक रवीन्द्र महतोले बताउनुभयो । प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफूहरुले काम गरिरहेको […]

थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जना मृत्यु

१३ साउन, काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ […]

प्रभुराम शर्मा बने कार्यवाहक प्रधानसेनापति

१३ साउन, काठमाडौँ – सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहनु भएको छ । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अवकाशको एक महीना […]

देशभर थपिए ३ हजार ८९९ कोरोना संक्रमित, २० जनाको मृत्यु

१२ साउन, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । आज १२ हजार ६५५ जनाको पीसीआर र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण […]

पूर्वसभामुख महराले बलात्कार मुद्दामा उच्च अदालतबाट पनि पाए सफाइ

१२ साउन, काठमाडौं– उच्च अदालत पाटनले बलात्कारको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गर्दै महरालाई सफाइ दिएको गरेको उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माले बताइन। पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । आरोप […]

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

१२ साउन, काठमाडौँ – सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो । एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने […]

चितवनमा एक हजार सात सय कृषि उद्योग दर्ता

१२ साउन, काठमाडौँ – गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको सङ्ख्या […]

कोरोना सङ्क्रमण बढेपछि पुनः कडाइ

१२  साउन, काठमाडौँ – खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगरप्रमुख एवं प्रतिकार्य […]

हात्तीको दाह्रा सहित पक्राउ

१२ साउन, काठमाडौं– प्रहरीले हात्तीको दाह्रासहित बाराबाट तीन जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको […]

चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी

१२ साउन, काठमाडौँ – बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो । कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने […]