समाचार
दाङमा मोटरसाइकल दुर्घटना, १ जना मृत्यु
१२ साउन, काठमाडौँ – दाङमा मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । सोमबार बिहान घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-७ पर्सेनीमा रा ६ प ७२५ नम्बर मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । सडक निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी […]
भरतमणिका लागि भोट माग्दै योगेश भट्टराईले भने- ‘हाँस्य ब्यंङगमा उदाउदो मणि जस्तो लाग्छ’
१२ साउन, काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट गर्न अपिल गरेका छन् । केही दिन अगाडि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा, १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका छन् । ताप्लेजुङका भरतमणिलाई च्याम्पियन बनाउन […]
चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन
१२ साउन, काठमाडौँ – पहिराका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो । वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला […]
फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ
१२ साउन, काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस […]
मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा
१२ साउन, बैतडी – बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय […]
पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै
१२ साउन, जाजरकोट – अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ […]
अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने
११ असार, काठमाडौं– कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ । सरकारले चलचित्र क्षेत्रलगायत […]
मुलुकभर थप ३४२१ जनामा संक्रमण पुष्टि, थप २५ को मृत्यु
११ साउन, काठमाडौं– पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका […]
विदेश जानेहरुले दुई अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन पाउने
११ साउन, काठमाडौं– विदेश जाने कामदारहरुका लागि कोरोनाबिरुद्धको खोप २ अस्पतालहरु तोकेको छ । अध्यायन तथा कामदार भिसामा बिदेश जानेहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने छन् । खोप लगाउनका लागि भिसा र पासपोर्ट अनिवार्य देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि उक्त […]
छोराको कुटाइबाट बाबुको मृत्यु
११ साउन, काठमाडौं– इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो । जिल्ला […]



