Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सीडीओहरुको बैठक बस्दै

१० साउन, काठमाडौं– कोरोना संक्रमण उपत्यकामा बढ्न थालेपछि प्रशासन कार्यालयले उपत्यकामा निशेधाज्ञा थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज बस्दैछ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘बैठक बोलाइएको छ। सम्भवतः निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छौँ’, । उपत्यकामा सार्वजनिक सवारी, पसल […]

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

९ साउन, काठमाडौँ – पहिरोका कारण डडेल्धुरामा अवरुद्ध भएको भीमदत्त राजमार्ग १० घण्टापछि खुलेको छ । डडेल्धुराको आलीताल गाउँपालिका–१ को कटानस्थित शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग डोजरले पहिरो पन्छाएर साँझ ५ बजे एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० महेन्द्र नेपालले पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी […]

९ तोला सुन चोरेको आरोपमा ५ जना पक्राउ

९ साउन, काठमाडौँ – बैतडीमा मन्दिरको सुन चोरेको र किनेको पाँच जना पक्राउ परेका छन्। दोगडाकेदार गाउँपालिका–१ रीमको लटिनाथ मन्दिरमा देउताका नाममा चढाइएको ९ तोला सुन चोरेको आरोपमा सोही ठाउँका धनबहादुर कार्की, केशब सार्की, लालबहादुर कार्की र हरिकृष्ण सार्की पक्राउ परेका हुन्। यस्तै बिलबिना उनीहरूबाट सुन खरिद गरेको आरोपमा दार्चुला गोकुलेश्वरका भुवनसिंह साहु पनि पक्राउ […]

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट सञ्चालनमा

९ साउन, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आएको छ । शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो । शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले बताउनुभयो । पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट […]

थप ३ हजार ११४ जना कोरोना सङ्क्रमण, १६ मृत्यु

९ साउन, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन्  भने १६ जनाको मृत्यु भएको छ ।

सर्लाहीमा चरेशसहित ३ जना पक्राउ

९ साउन, काठमाडौँ – सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११ का ५९ वर्षीय बीरबहादुर बल, कैलाश गाउँपालिका वडा नं. ५ का २५ वर्षीय सुकराम पाख्री र काभ्रे जिल्लाको नमीबुद्ध नगरपालिका वडा नं. ११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी […]

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

९ साउन, काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी […]

भारतीय नोट सहित २ जना पक्राउ

९ साउन, काठमाडौँ – मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो । एक प्रदेश प्रहरी कार्यालयका […]

९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

९ साउन, काठमाडौँ – जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । […]

कर्णाली नदीमा नुहाउने क्रममा २ बालबालिका बेपत्ता

९ साउन, काठमाडौँ – बर्दियाको कर्णाली नदीमा नुहाउन गएका २ जना बालबालिका बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ । शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा […]