Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

समाचार

२ सय ९ किलो अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ

३१ असार, काठमाडौं– प्रहरीले १ सय ६९ किलोग्राम गाँजासहित मकवानपुरबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्‍चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उक्त ट्रकका […]

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

३१ असार, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधााबारे छलफल गर्न आज उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीह(सीडीओ)हरुको बैठक बस्दैछ । उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठक आज अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘अघिल्लो निषेधाज्ञाको अवधि आज सकिने भएपछि आज बैठक बस्न लागेको हो । आजको बैठकले निषेधाज्ञाबारे […]

पहिरोले म्याग्दीमा ८५ घर भत्किए, २ जना मृत्यु

३१ असार, काठमाडौँ – यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना […]

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

  ३१ असार, काठमाडौँ – सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार […]

पाटे बाघको छालासहित २ जना पक्राउ

३० असार,काठमाडौँ – कैलालीमा पाटे बाघको छाला तस्करी गर्दै गरेको अवस्थामा दुई जना समातिएका छन् । गौरीगंगा नगरपालिका–७, मटकौनाबाट १० फिट लम्बाई र ६ फिट ७ इन्च चौडाईं भएको पाटे बाघको १ थान छालासहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मोहन्याल गाउँपालिका–५, सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र लम्किचुहा नगरपालिका–१, लम्की बसपार्कका ३० […]

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

३० असार, काठमाडौं– बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। अदालतले हाजिर हुन दिएको लामो समयसम्म पनि फरार रहेका गच्छदार कांग्रेस सरकार आएको भोलिपल्ट नै अदालतमा हाजिर भएका थिए । अदालतले आज उनको बयान लिएको थियो । बयानपश्चात थुनछेक […]

जाँदाजाँदै ओली सरकारको कोसेलीः सार्वजनिक सवारीसाधनको भाडामा २८ प्रतिशत सम्म वृद्धि

३० असार, काठमाडौं– सार्वजनिक सवारीको भाडादर भारी वृद्धि भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा २० देखि २८ प्रतिशम्मको भारी वृद्धि गरेको हो । वृद्धि भएको भाडाअनुसार सार्वजनिक यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यो भाडादर अन्तरप्रदेश चल्ने लामोदूरीका सवारीसाधनमा लागू हुने बताइएको छ । यता मालवाहक सवारीको भाडादरमा पहाडी […]

दाङमा रेडपाण्डाको छालासहित दुई पक्राउ

३० असार, काठमाडौं– दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे (रेडपाण्डा)को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद […]

अवैध लागूऔषधसहित पक्राउ

३० असार, काठमाडौं– प्रहरीले लागूऔषधसहित सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धरान उपमहानगरपालिका–८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ५ बोतल डाइलेक्स डिसी र ४ सय ५ ट्याब्लेट स्पास्मो प्रोक्सिभन एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ सुन्दर हरैंचा नगरपालिका–५ घर भएका ५५ वर्षीय प्रेम प्रसाद भट्टराई रहेका छन् […]

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

३० असार, कामठाडौँ – सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् । कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण […]