Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

थपिए २७६० नयाँ संक्रमित, थप ३३ को मृत्यु

१७ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ७,१३० जनाको गरिएको पीसीआर विधिमार्फत गरिएको परीक्षणमा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जना मा संक्रमण पुष्टि भएको […]

प्रधानन्यायाधीशले सोधे– संविधान जोगाउन अरुलाई पद दिन पनि सक्नु हुन्थ्यो होइन र ?

१७ असार, काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले अरुललाई प्रधानममन्त्री पद दिन पनि सक्नुहसन्थ्यो होइन ? भनेर प्रश्न गरेका छन्। मुद्दाको सुनुवाइका क्रममा प्रधानमन्त्री ओलीका निजी कानुन व्यवसायीलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्। बहसमा रहेका कानुन व्यवसायी अधिवक्ता पर्शुराम कोइरालालाई प्रश्न सोध्दै, ‘विश्वासको […]

बंगलादेशमा कोभिड–१९ संक्रमण बढ्यो, कडा ‘लकडाउन’को घोषणा

एजेन्सी– कोरोना भाइरस संक्रमण बढेसँगै बंगलादेशमा बिहिबारदेखि एक साता लकडाउन गरिने भएको छ । बंगलादेशमा संक्रमण बढेपछि लकडाउनमा कडाइ गरिएको यो दोस्रोपटक हो । यसपटकको लकडाउनको नियम पहिलेको तुलनामा निकै कडा गरिएको छ । लकडाउन उल्लंघन गर्नेलाई यसपटक जेल सजायसम्मको व्यवस्था गरिएको छ । पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि […]

राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैनः पूर्वमहान्यायाधिवक्ता खरेल

१७ असार, काठमाडौं– पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतले प्रविधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उहाँले रिट निवेदकको माग बमोजिम राष्ट्रपतिका नाममा अदालतले परामदेश जारी […]

तनहुँमा पहिरो जाँदा २ को मृत्यु, ३ घाइते

१७ असार, तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए। सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर […]

लागूऔषधसहित झापाबाट दुई पक्राउ

१७ असार, काठमाडौं– प्रहरीले लागू औषधसहित झापाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा कमल गाउँपालिका–३ स्थित केर्खा बजारबाट ८८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचिनगर नगरपालिका–१५ बस्ने २० वर्षीय सुवास मेचे र सोही गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरज लामिछाने रहेका छन् । […]

आजको मौसम पूर्वानुमान : देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

१७ असार, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो । मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश […]

जिप दुर्घटना २ जना मृत्यु

१७ असार, काठमाडौँ – जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र […]

नारयणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

१७ असार, काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । ​इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको […]

कोसी ब्यारेजको विकल्पमा पुल

१७ असार, काठमाडौँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ । सडक विभागका […]