समाचार
सवारी चालक अनुमतिपत्र किर्ते गरेको आरोपमा पक्राउ
१८ असार, काठमाडौं– सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । प्क्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ […]
क्रियाशील पत्रकारिता पुरस्कार इरफान र माधुरीलाई
१८ असार, वीरगन्ज – गिरिजाप्रसाद (जिपी) कोइराला फाउण्डेशन पर्साले यस वर्षको क्रियाशील पत्रकार पुरस्कार वीरगन्जका पत्रकारद्वय इरफान अली र माधुरी महत्तोलाई प्रदान गर्ने निर्णय गरेको छ। फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा हरेक वर्ष पर्साका दुईजना पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। बिहीबार बसेको फाउण्डेनशन पर्साको बैठकले यस वर्षको पुरस्कार पत्रकारद्वय […]
संसद विघटनस मुद्दाः सरकार पक्षको बहस सकिँदै, सभामुख पक्षकाको बहस सुरु हुने
१८ असार, काठमाडौं– संसद विघटन सम्बन्धी रिटमा सरकार पक्षकाको बहस आज सकिदैँछ । सोमबारदेखि सुरु भएको सरकार पक्षको बहस आज चियासत्र अघि सकिदैछ । महान्यायाधीवक्ता रमेश बडालदेखि सुरु भएको बहस आज सकिन लागेको हो । सरकार पक्षको बहसका लागि इजलासले १५ घण्टा समय दिएको थियो । उक्त १५ घण्टाको समयमा सरकारी पक्षका सभामुख बाहेकाका कानुन […]
‘दलको आदेश मान्नेबाहेक सांसदसँग विकल्प हुन्न’
१८ असार, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीका कानुन व्यवसायीले संसद्मा दलको ह्विप अनिवार्य लाग्ने भएकाले एउटा दलका सांसदले अर्को दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउन समर्थन गर्न नसक्ने तर्क दोहोर्याएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता अग्नि […]
पहिरोबाट घर भत्किँदा तनहुँमा २ को मृत्यु, ७ जना घाइते
१७ असार, काठमाडौँ – अविरल वर्षासँगै आएको पहिराले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन् । बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पहिरामा परी बन्दीपुर-३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया […]
कोरोना निको हुने दर ९३ प्रतिशत
१७ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो । सोही अबधिमा देशभर ३३ सङ्क्रमितको […]
कास्कीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु
१७ असार, काठमाडौँ – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । ‘मध्यपहाडी लोकमार्ग […]
भासियो कमला नदीको पुल
१७ असार, काठमाडौँ – हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ । रू। २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो […]
पाटे बाघको छालासहित दुई पक्राउ
१७ असार, कामठाडौँ – बाँकेमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा […]
पछिल्लो २४ घण्टामा थप २,७६० जना कोरोना संक्रमण, ३३ मृत्यु
१७ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जना गरी २ […]



