Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

जारी फुटबलका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ

२१ असार, काठमाडौं– युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् सट्टाबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्यले ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गिरोह रहेको गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाटको बिशेष […]

उपत्यकाको निषेधाज्ञाः जोर–बिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालनको बाटो खुल्यो

२० असार, काठमाडौं– उपत्यकाको जारी निषेधाज्ञा असार २२ देखि लागू हुनेगरी असार मसान्तसम्मका लागि थप गरिएको छ । हाल उपत्यकामा कायम रहेको निषेधाज्ञा असार २१ गते मध्यरातिदेखि सकिँदैछ । थपिएको निषेधाज्ञामा पहिलेभन्दा केही क्षेत्रलाई खुकुलो बनाइएको छ । उपत्यकाका तीन जिल्ला सीडीओहरुको बैठकले थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधनमा लगाइँदै आएको जोर–बिजोर प्रणली हटाइएको छ । यस्तै […]

शिक्षामन्त्रीको बर्खास्ती र घरबेटीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रुपा सुनारद्वारा रिट दायर

२० जेठ, काठमाडौं– जातीय कारणले कोेठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान र मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सञ्चारकर्मी रूपा सुनारले कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । दलित भएका कारण घर बहालमा काठमाडौं बबरमहलकी सरस्वती प्रधानले कोठा भाडामा उपलब्ध नगराएपछि उनले घरबेटी प्रधानविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएकी थिइन् । […]

दैनिक सेयर कारोवार रकम ५ अर्बमा खुम्चियो

२० असार, काठमाडौं– सेयर बजार परिसूचक नेप्से ८ दशमलव ४८ अंकले घटेको छ । यस्तै सेयर कारोबार मापक पनि सुस्ताउनएर दैनिक ५ अर्बमा खुम्चिएको छ । उक्त कारोवार रकम पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो । आज बजारमा ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलव ३३ अंकले घटेको छ । यस्तै, सेयर […]

अवैध लागूऔषधसहित एक पक्राउ

२० असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित कैलालीबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोढी नगरपालिका–१ घोडाघोडीबाट ९ ग्राम ३ सय ६० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद १ लाख २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिशाल थापा र […]

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

२० असार, काठमाडौं– आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाँकेबाट एक जना पक्राउ परेका छन् । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका–२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको […]

बैतडीमा जीप दुर्घटनाः दुईको मृत्यु, १० घाइते

२० असार, काठमाडौं– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह […]

उपत्यकामा निषेधाज्ञाबारे निर्णय लिन सीडीओहरुको बैठक बस्ने तयारी, अझ खुकुलो हुने

२० असार, काठमाडौं– उपत्यकाको निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । अघिल्लो पटक निषेधाज्ञा थप्दा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चल्ने गरी खुकुलो बनाएको प्रशासनले यसपटक अझ खुकुलो बनाउने तयारी रहेको बताएको छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी […]

प्रतिनिधिसभा विघटन मुद्दामा फैसला अर्को साता

१९ असार, काठमाडौँ – प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गर्नेछन्। त्यसपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ। अन्तिममा एमिकस […]

बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा

१९ असार, काठमाडौँ – इटाली युरो २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलले हराउँदै इटाली सेमीफाइनलमा पुगेको हो । इटालीलाई जिताउन निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा दुवै […]