समाचार
राउटे युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई कारागार चलान
१६ असार, काठमाडौँ – राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई आज जिल्ला कारागार सुर्खेत […]
कालीगण्डकी डाइभर्ससन परियोजना रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
१६ असार, काठमाडौं– कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सर्वोच्चमा अधिवक्ताहरु तुलसीराम पोखरेल, राजबहादुर शाही र सन्तोष भण्डारीले रिट दर्ता गरेका हुन् । उक्त रिटमा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाबाट हुने सम्पूर्ण काम कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ । रिट निवेदनमा उक्त परियोजना नेपालको संविधानको धारा २६(१), […]
निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो कोरोना संक्रमण, थपिए २८९२
१६ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५६८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै ३ हजार ५९७ जना संक्रमणबाट निको भई घर फर्केका छन्। यस्तै, आज ४१ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाका कारण […]
इटाली पठाइदिन्छु भनी ठगी गर्ने एक पक्राउ
१६ असार, काठमाडौं– इटाली पठाइदिन्छु भन्दै भनि रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। उनले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ […]
नेता खनालको सबै उपचार खर्च पार्टीले व्यहोर्ने
१६ असार, काठमाडौं– नेकपा एमालेले नेता झलनाथ खनालको सवै उपचार खर्च व्यहोर्ने भएको छ । बालुवाटारमा बुधवार बसेको बैठकले नेता खनालको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । एमालेका नेता नेता खनाल स्वास्थ्य अवस्था बिग्रिएपछि भारतमा उपचाररत छन् । नेता खनालको उपचार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको […]
अवैध लागूऔषधसहित एक जना पक्राऊ
१६ असार, काठमाडौं– अवैध लागूऔषधसहित प्रहरी झापाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कन्काई नगरपालिका–८ लक्ष्मिपुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ९९ एम्पुल डाईजेपाम, ९९ एम्पुल फेनारगन र ९९ एम्पुल नाम खुल्न नसकेको लागूऔषध सहित दमक नगरपालिका–५ घर भई हाल शिवसतासी नगरपालिका–९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ […]
चरीबाघको छालासहित दुई पक्राउ
१६ असार, काठमाडौं– प्रहरीले चरीबाघको छालासहित बाँकेबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले राप्ती सोनारी गाउँपालिका–१ कुसुमबाट १ थान चरीबाघको छाला सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दैलेख, भैरबी गाउँपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्र शाही र दाङ, घोराही उपमहानगरपालिका–९ का ३१ वर्षीय सन्तोष कुंवर रहेका छन । उनीहरुले बाघको छाला ल्याइरहेको भन्ने सूचनाको […]
संसद विघटनसम्बन्धी मुद्दाः सरकारी वकिलको बहस सकियो, प्रधानमन्त्रीका निजी वकिलको पालो
१६ असार, काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दामा विपक्षी अर्थात सरकारका तर्फबाट बहस गरिरहेका सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुको बहस सकिएसँगै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलका तर्फबाट बहस सुरु भएको छ । संवैधानिक इजलास सुनुवाइ भइरहेको मुद्दामा पक्ष र विपक्षबाट बहस गर्नका लागि १५÷१५ घण्टा बहस समय छुट्याइदिएको थियो । […]
बाढीले डाइभर्सन बगाएपछि बुटवल–बर्दघाट सडक अवरुद्ध
१६ असार, काठमाडौं– अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गतको नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर–१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो । अविरल वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि उक्त सडकखण्ड बिहान साढे ४ बजेदेखि अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी पर्वतको […]
नेपाल एयरलाइन्सको जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने
१६ असार काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठी पत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका […]



