Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

५ असार, महोत्तरी – सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा […]

सेती नदीले खतराको सतह पार गर्‍यो

५ असार, काठमाडौँ – सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न […]

टिपरको ठक्करबाट १ जनाको ज्यान गयो

५ असार, काठमाडौँ – सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो । संचारकर्मी […]

तामाकोशी नदीको बहाव हालसम्‍म पनि स्‍थिर, सतर्कता अपनाउन प्रशासनको अपिल

५ असार, काठमाडौँ – जिल्‍ला प्रशासन कार्यालय दोलखाले हालसम्‍म पनि तामाकोशी नदीको बहाव स्‍थिर रहेको जनाएको छ । दोलखाका सहायक प्रमुख जिल्‍ला अधिकारी बद्रीप्रसाद तिवारीले शनिबार बिहानसम्‍म नदीको बहाव स्‍थिर नै रहेको जानकारी दिए । उनकाअनुसार नेपाल(चीन सीमास्‍थित तीनग्री काउन्टीको रोङस्या शहर र आसपासका क्षेत्रमा पानी परिरहेकोले जोखिम भने कायमै छ । जुनसुकै बेला बाढी […]

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

५ असार, काठमाडौँ – कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत […]

कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे

५ असार, काठमाडौँ – कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ […]

पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुलेनन्, सडक कहाँ – कहाँ बन्द ?

५ असार, काठमाडौँ – देशका विभिन्न ठाउँमा पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पर्ने १७ ठाउँका सडक बन्द छन् । १८ वटा सडक भने मर्मतपछि एकतर्फी खुलेको छ । यस्तै, ७ वटा सडक दुईतर्फी नै खुलेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड […]

विपद् जोखिम न्युनिकरणमा सरकारको विशेष ध्यान जाओस : राष्ट्रपतिको भण्डारी

५ असार, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा […]

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत

५ असार, काठमाडौँ – ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ । गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा हराएको हो। खेलको १३ औँ मिनेटमा अर्जेन्टिनाका लागि रिकार्डो रोड्रिगेजले गोल गर्दै अग्रता लिएका थिए । […]

मनसुनी न्युनचापीय रेखा पश्चिमी भाग नजिकै, अझै देशभर भारी बर्षाको जोखिम कायमै

५ असार काठमाडौँ – देशभर मनसुनी अझै सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन गराउने वायू (मनसुनी न्युनचापीय रेखा) देशको पश्चिमी भाग नजिक रहेको महाशाखाले जनाएको छ । जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ । देशको पूर्वी भागमा मनसुन केही कम्जोर देखीए पनि अझै देशका धेरै स्थानहरुमा हल्का […]