Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

१४ जेठ, एजेन्सी – जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि […]

राष्ट्रपतिद्वारा चार सय ३० को कैद मिनाहा

१४ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ ग गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन […]

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

१४ जेठ, काठमाडौं – गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

संविधानप्रतिको निष्ठा र जवाफदेहिता बोध गर्नुस्ः पूर्वप्रधानन्यायाधीश

१४ जेठ, काठमाडौं– पूर्वप्रधानन्यायाधीशको समूहले सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापित प्रतिनिधिसभालाई पुनः विघटन गरिएबाट अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको ठहर गरेको छ । प्रतिनिधिसभा पुनः विघटनले सर्वोच्चताको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको उल्लेख गर्दै समूहले लोकतन्त्रका लागि यस्तो स्थिति खतरनाक हुनेतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ । समूहको विज्ञप्तिमा भनिएको […]

स्वास्थयकर्मीमाथि आक्रमण गर्ने दोषिलाई कानुनी दायरामा ल्याउः मानव अधिकार आयोग

१४ जेठ, काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधानअनुरोध गरेको छ। कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ । आयोगका […]

पाल्पा र दाङमा निषेधाज्ञा थपियो

१४ जेठ, काठमाडौं– पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला […]

लगातार वर्षाका कारण सडक विस्तार ठप्प

१४ जेठ, काठमाडौँ – लगातार भएको वर्षाको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारको काम रोकिएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडक विस्तारको काम ठप्प भएको नारायणगढ–बुटवल सडक आयोजना खण्ड १ का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिनुभयो । “जिल्लामा तीन दिनदेखि निरन्तर पानी परिरहेको छ”, आचार्यले भन्नुभयो, “बुधबार केही काम भएको भए […]

सङ्क्रमितका शव व्यवस्थापन सहज

१४ जेठ, काठमाडौँ – कोराना सङ्क्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र  कालिवहादुर गणका समन्वयमा  शव व्यवस्थापन हुँदै आएको छ । चितवन सहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ  । महानगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि  हालसम्म  […]

निर्वाचनका लागि सबै दल मिलेर संयुक्त सरकार बनाऔंः प्रधानमन्त्री ओली

१४ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । देशवासीका नामाम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर आफूले निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । सम्बोधनमा प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न बताउँदै निर्वाचनबाट आउने जनादेशलाई अस्वीकार […]

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्ने गृहको आश्वासन, स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ जिल्लाकै सीडीओलाई निर्देशन

१४ जेठ, काठमाडौं– गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने बताएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात […]