समाचार
सञ्चार क्षेत्रको बजेटमा समावेश भएका विषयहरु सकरात्मकः पत्रकार महासंघ
१६ जेठ, काठमाडौं– नेपाल पत्रकार महासंघले आर्थिक वर्ष २०७८÷७९ लाई सकारात्मक रुपमा लिएको जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै बजेटमा सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय भएको जनाएको हो । अर्थमन्त्री विष्णु पौडेलसँग वैशाख ७ गते छलफल गरेर महासंघले अर्थ र सञ्चार मन्त्रालयलाई लिखित सुझाव दिएको थियो । सरकारी सुविधा […]
जेठ १८ देखि कतारमा नियमित उडान हुने
१६ जेठ, काठमाडौँ – आउँदो जेठ १८ गतेदेखि कतारको लागि नियमित उडान खुल्ने भएको छ । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएको हो । नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक […]
थाइल्यान्डका राजाले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो
१६ जेठ, काठमाडौं– थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउनुभएको छ । राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामाग्री पठाउनुभएको हो । स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सामाग्री नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या स्वास्थ्य मन्त्री ह्ृदेश […]
महोत्तरीमा जमेको पानीमा डुब्दा दुई बालकको मृत्यु
१६ जेठ, काटमाडौं– महोत्तरीको जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ। महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा रहेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इँटा उद्योगले खनेको खाल्डोमा पानी […]
ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
१६ जेठ, झापा– प्रहरीले अवैध ब्राउनसुगर सहित झापाबाट दुई जनालाई पक्राउन गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजन चोकबाट २ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही पालिकाका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय बिशाल बस्नेत रहेका छन् । प्रहरीले उनीहरुलाई […]
१ सय ६५ किलो अवैध लागूऔषध गाँजासहित एक पक्राउ
१६ जेठ, सुनसरी– प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो । भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवैध गाँजा फेला पारेको प्रहरीले जनाएको छ […]
मर्यादित महिनावारीको बारेमा नीति निर्माण र यसको बारेमा खुल्ला छलफल माग
१६ जेठ, काठमाडौँ – मर्यादित महिनावारीको बारेमा नीति निर्माण र यसको बारेमा खुल्ला छलफल सरोकारवालाहरुले माग गरेका छन् । महिनावारीको सरसफाई र मर्यादित महिनावारीको लागि नीति निर्माण तिनै तहको सरकारले निर्माण गर्नुपर्ने र यसको बारेमा सवै क्षेत्र र तहमा खुलेर बहस गर्नुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र बालिका अधिकारका […]
गायिका लासिमित राईको निधन
१६ जेठ, काठमाडौँ – गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । ‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् […]
तीनकुने-जडीबुटीमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड
१५ जेठ, काठमाडौँ – सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ। काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिनुभएको छ । यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने […]
सरकारले ल्याएका राहत कार्यक्रम यस्ता छन् !
१५ जेठ, काठमाडौँ – सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ। अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गर्नुभएको हो । यस्ता छन् छुट तथा सहुलियत कार्यक्रम २० हजार लिटर खानेपानीको महशुल छुट सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक […]



