Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

औषधि कालोबजारी गरेको अभियोगमा मोरङबाट एक पक्राउ

१७ जेठ, काठमाडौं– प्रहरीले औषधि कालोबजारी गरेको अभियोगमा मोरङबाट एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो पक्राउ गरेको हो । घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय […]

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१७ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ। कोरोना संक्रमण केही नियन्त्रण उन्मुख देखिन थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी गरिएको हो । यसअघि जेठ १३ गते मध्यरातिदेखि निषेधाज्ञामा थप कडाइ गरिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमण केही घटेकोले सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी […]

बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय दिन अधिकारवादी संगठनको माग

१७ जेठ, काठमाडौँ – जर्बजस्ती बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय सप्ताह २०२१ का अवसरमा हामी निम्न लिखित मानवअधिकार संगठनहरु र नेपालमा रहेका पीडितका संगठनहरु लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन नेपाल सरकारसमक्ष हाम्रो अडान दोहोर्‍याउन चाहान्छौं । हामी सबै तहका सरकारसँग कोभिड १९ महामारीबाट […]

अध्यक्ष मोक्तानद्वारा सामाजिक सुरक्षा भत्ता घर–घरमै वितरण

१७ जेठ, रामेछाप – दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तान , ग्लोबल आइएमइ बैंकका कर्मचारीसहितको टोली सहित सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगेर वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न सफल भए पछि दोरम्बा गाउँपालिकाले निषेधाज्ञाको समयमा सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगेर वितरण गरेको अध्यक्ष  मोक्तानले […]

एमालेको स्थायी कमिटी बैठक स्थगित

१७ जेठ, काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान १० बजे बैठक बस्ने भनिएको बैठक लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण फेरि स्थगित भएको छ । आइतबार बस्ने तय भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण […]

राष्ट्रियसभा उपनिर्वाचन : मतदान सुरु, मतपरिणाम आजै

 १७ जेठ, काठमाडौँ – लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन भइरहेको छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमामा मतदान सुरु भएको छ । प्रदेशसभा […]

बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

१७ जेठ, काठमाडौँ – सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ । सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको […]

काठमाडौंसहित देशभर मौसम बदली, सामान्य वर्षा हुने

१६ जेठ, काठमाडौँ – मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो । देशका पहाडी भू(भागका अधिकांश स्थानहरुमा आंशिक र सामान्य बदली […]

कोरोना संक्रमणबाट कर्णालीमा थप ४ जना मृत्यु

१६ जेठ, काठमाडौँ – कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा। रविन खड्काका अनुसार मृतकमध्ये सुर्खेत र दैलेखका दुईरदुईजना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशभर आइतबार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]

महिलालाई आगो लगाउने व्यक्ति अझै फरार

१६ जेठ, काठमाडौँ – आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् ।  उनी आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले आगो […]