Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

१५ जेठ, काठमाडौं – सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो

राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

१५ जेठ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गर्नुभएको छ  । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गर्नुभएको छ ।  

सुनकोशीको बेलिब्रिज हटाउने कार्य शुरु

१५ जेठ, काठमाडौँ – यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको छ । गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले खोल्ने कार्य शुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताउनुभयो […]

आधा दर्जन सरकारी कार्यालय जलमग्न

१५ जेठ, काठमाडौँ – बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्था नहँुदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, कृषि कार्यालय, पशु कार्यालय लगायतका सरकारी कार्यालय जलमग्न भएका छन् । कार्यालयहरुको वरिपरि र […]

वाग्मती सफाइ महाअभियान ४२० औँ हप्ताम

१५ जेठ, काठमाडौँ – नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले […]

राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई खोप सहयोग पत्र

१५ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गर्नुभएको अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ । भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा […]

अक्सिजन प्लान्ट जडान गर्दै चाँगुनारायण नगरपालिका

१५ जेठ, काठमाडौँ – भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालमा प्लान्ट जडान गरिन लागेको हो । प्लान्ट जडान गर्न नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ । करिब १ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिनेछ । त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले […]

पोखरा-बाग्लुङ सडकखण्डमा पहिरो, बाटो बन्द

 १५ जेठ, काठमाडौँ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत(बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका(१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो । निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको […]

आज गणतन्त्र दिवस : १३ वर्ष बितेर गए तर जनताले के पाए ?

१५ जेठ, काठमाडौँ – आज १४ औँ गणतन्त्र दिवस, सामान्य औपचारिकताका साथ मनाइँदै छ । कोरोना महामारीको प्रकोप र निषेधाज्ञा कडा पारिएका कारण यस वर्षको गणतन्त्र दिवसमा भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ । गत वर्षको गणतन्त्र दिवसमा पनि यस्तै अवस्था थियो । यस साल पनि कोरोना सङ्क्रमणको जोखिमकै कारण कुनै […]

महामारीमा खटिएका चिकित्सकलाई परीक्षामा निश्‍चित नम्बर थप्‍न गगन थापाको आग्रह

१४ जेठ, काठमाडौँ – पूर्वस्वास्थ्य मन्त्री गगन थापाले महामारीको समयमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका पीजीको परीक्षामा सहभागी हुने चिकित्सकलाई महामारीमा काम गरेको आधारमा निश्‍चित अंक थपिदिन आग्रह गर्नुभएको छ । थापाले आज शुक्रबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई भेटेर यसबारे आग्रह गर्नुभएको हो । “चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजिमा आवेदन दिँदा निश्चित अङ्क […]