समाचार
राष्ट्रिय सभामा निर्वाचित देवकोटाद्वारा सपथग्रहण
१४ जेठ, काठमाडौं – उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित डाक्टर खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिनुभएको छ । शुक्रबार संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवकोटालाई सपथ खुवाउनुभएको थियो । यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गर्नुभएको थियो । सपथ ग्रहणपछि देवकोटाले अहिले संविधानलाई सही ट्र्याकमा […]
संवैधानिक इजलासमा वकिल र महान्यायाधिवक्ताबिच विवाद, आइतबारसम्म सुनुवाइ स्थगित
१४ जेठ, काठमाडौं – संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद […]
चीन, कतार र टर्कीमा साताको एक दिन उडान गर्ने सरकारको निर्णय, चाटर्ड उडानमा अनियमितता हुने गरेको पर्यटनमन्त्रीको संकेत
१४ जेठ, काठमाडौं– सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको बताउनुभयो । मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु […]
भेरी अस्पतालका स्वाथ्यकर्मीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ
१४ जेठ, काठमाडौं– भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्। पक्राउ परेका मध्ये एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्। गएराति अस्पतालमा उपचारका क्रममा दाङका ५४ वर्षीय […]
‘संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुनुपर्ने’ः विभिन्न श्रमिक संगठन
१४ जेठ, काठमाडौं– विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ, समावेशी ट्रेड युनियन महासङ्घ, समाजवादी ट्रेड युनियन महासङ्घ र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको […]
भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीविरुद्धको आक्रमणबारे छानविन गर्न समिति गठन
१४ जेठ, काठमाडौं– भेरी अस्पतालमा बिहिबार राति स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनाको छानबीन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । कुटपिटको घटनापछि शुक्रबार बिहान बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल बताउनुभयो । समितिले आजदेखि लागू हुनेगरी ३ […]
स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध : शर्मा
१४ जेठ, काठमाडौँ – माओवादी केन्द्रका नेता जनार्दन शर्माले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गर्नुभएको छ । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उहाँले सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको हो। महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध भएको […]
भेरीमा स्वास्थ्यकर्मी माथि आक्रमण शौचालयको झ्यालबाट हामफालेर जोगाए ज्यान,दोषीलाई कारबाही गर्न माग
१४ जेठ, काठमाडौँ – नेपालगन्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा खटिरहेको स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । गम्भीर अवस्थाका रहेको एक जना विरामीको उपचारका क्रममा ज्यान गए पछि बिहिवार राति विरामीको आफन्तहरुले उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि हातपात गरेको हो । कोभिडले ग्रसित डिल्ली बहादुर रावतको अवस्था थप जटिल बन्दै गए पछि जेठ ४ गते भेरी […]
आजबाट उपत्यकामा निषेधाज्ञा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय सम्म हुने
१३ जेठ, काठमाडौँ – काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका […]
प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा ‘फ्ल्यास लाइट’ बालेर प्रदर्शन
१३ जेठ, काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। बिहीबार साँझ आन्दोलनकर्मीहरूले ‘फ्लासलाइट’ जलाएर प्रर्दशन गरेका हुन्। उनीहरूले कोभिड–१९ महामारी नियन्त्रण लगाइएको निषेधाज्ञाले आमनागरिकले समस्या भोग्नु परेको जनाउँदै विकल्प खोज्न ध्यानाकर्षण गराएका छन्।



