Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

उपत्यकामा संक्रमितको शव व्यवस्थापन गर्न नयाँ ठाउँ खोज्ने

२१ वैशाख, काठमाडौँ –  सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ । गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो । हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको […]

शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

२१ वैशाख, काठमाडौँ – बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका९६ रोडिदेवलको जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज […]

निषेधाज्ञा थप : घरबाट निस्कन नपाइने

२० वैशाख, काठमाडौँ – उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी बैशाख २९ गतेसम्मका लागि थप निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले २ घन्टासम्ममात्र पसल खोलन पाउने निर्णय गरेको छ । उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै […]

उपत्यकामा निषेधाज्ञा बैशाख २९ सम्म लम्ब्याउने निर्णय

२१ वैशाख, काठमाडौँ – उपत्यकामा आगामी बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा थप हुने भएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । एक साताका लागि पुनः थप गरिएको निषेधाज्ञा थप कडा पारिने बैठकले निर्णय गरेको छ । अब,पसल खोल्ने समय बिहान ७ देखिद […]

ताप्लेजुङमा निषेधाज्ञा जारी

२१ वैशाख, काठमाडौँ – ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा […]

भेरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान

२१ वैशाख, काठमाडौँ – पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो  समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुुभयो । रु ८२ लाखको लागतमा अक्सिजन […]

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

२१ वैशाख, काठमाडौँ – शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज […]

सेती प्रादेशिक अस्पतालमा थप छ को कोरोनाबाट मृत्यु

२१ वैशाख, काठमाडौँ – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ  कोरोना सङ्क्रमितको  मृत्यु भएको छ ।  पछिल्लो पटक मृत्यु हुनेमा  धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय  छन् । महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय […]

चट्याङ लागेर बैतडीमा वडा सदस्यको मृत्यु

२१ वैशाख, काठमाडौँ – बैतडीमा चट्याङ लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् । गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।

औषधि किन्न गएका पुरुषको बाटोमै मृत्यु

२१ वैशाख, काठमाडौँ – धनुषामा एक पुरुषको अचानक मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिकामा ४३ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । बटेश्वर बजारमा खाजा पसल सञ्चालन गर्दै आएका परियारलाई ३–४ दिनदेखि ज्वरो आइरहेको थियो। उनी मंगलबार बिहान स्थानीय एक औषधि पसलमा ज्वरोको औषधि खरिद गएका थिए। त्यही बेला पसल अगाडि नै […]