समाचार
थप ४ हजार २२ जना संक्रमित निको भए, ७८ को मृत्यु
२६ काठमाडौँ – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्थानबाट ४ हजार २२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । साथै, यसअघि कोरोनाका कारण ज्यान गुमाएका २६ जनासहित कुल ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ४ सय १९ जना संक्रमितहरु […]
कोभिडबाट मृत्यु भएकाको शवदाह गर्न पाँच यन्त्र राखिँदै
२४ बैशाख, काठमाडौँ- पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन । दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा […]
आगलागीबाट इलेक्ट्रिक तथा खाद्यान्न सामग्री जलेर नष्ट
२४ बैशाख, काठमाडौँ- गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीको घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखेका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी […]
उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने
२४ बैशाख, काठमाडौँ- नगर उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलको देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका अफ्नो गाडी प्रयोग गरिने जनाकारी दिनुभयो । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि […]
आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह
२४ बैशाख, काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस, नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १ सय २१ औंँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९ औंँ वार्षिकोत्सवका अवसरमा […]
पर्याप्त छैनन् अक्सिजन सिलिन्डर
२२ वैशाख, दमौली – कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट […]
बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु
२२ वैशाख, बाँके – बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यही वैशाख १० गते […]
दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ घाइते
२२ वैशाख काठमाडौँ – दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् । बा १३ च ८०४८ नम्बरको स्कारपियो जित गएराति घोराही उपमहानगरपालिका वडा नं। ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय […]
रामेछापमा निषेधाज्ञा उल्लंघन गर्ने १६ सवारी साधन नियन्त्रण
२१ बैशाख, रामेछाप – रामेछापमा निषेधाज्ञा उल्लंघन गर्ने १६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवकोटा चोक, ट्राफिक चोक, नगरपालिकाको कार्यालय अगाडिको चोक, भैसेश्वरसहित सीमा नाका सेलेघाटमा अनुमति विना सञ्चालन भएका १६ सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिनु भयो । निषेधाज्ञाको पहिलो दिन मंगलबार रामेछापको सदरमुकाम मन्थली […]
कोरोनाबाट काभ्रेमा ७ जनाको मृत्यु
२१ वैशाख, काठमाडौँ – कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज ७ जनाको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय बृद्ध, बनेपाका ४२ वर्षीय पुरुष र […]



