Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार (आज) राति साढे ८ बजे पूर्वमन्त्री जोशीको निधन भएको हो । जोशीलाई गत फागुन १३ गते मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उहाँको ५७ […]

ग्लोबल पीस फाउनडेशनको आयोजनामा रक्तदान सम्पन्न

१३ चैत्र काठमाडौँ -ग्लोबल पीस फाउण्डेसनले शुक्रबार काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘क्यापासीटी विल्डिङ अफ पीस विल्डर्स’ स्लोगन राखेर सर्भिस कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रक्तदानका लागि ४४ जनाले नाम दर्ता गराएका थिए । जसमध्य १७ जनाले मात्र रक्तदान गरेका र अन्यको रगत दिन नमिल्ने भएकोले फर्काइएको आयोजकले जनाएको […]

करिब ३ घण्टापछि सुचारु भयो हवाई उडान

१३ चैत्र काठमाडौं – राजधानी उपत्यकामा सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढेपछि रोकिएको हवाइ उडान सुचारु भएको छ। करिब २ घण्टा ४५ मिनेट समय विमानस्थल पूर्णरूपले बन्द गरिएको नागरिक उड्यन प्राधिकरणको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। आज मध्यान्हपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र तराईका विभिन्न भागमा हुने उडान र अवतरण कार्य बन्द गरिएको थियो। अहिले […]

सार्वजनिक यातायातमा मास्क अनिवार्य

१३ चैत काठमाडौं – उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ । अघिल्लो वर्षजसरी नै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच छलफल […]

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

९ चैत काठमाडौँ – ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ […]

दैलेखमा आमाले गरिन ३ वर्षीय बालकको हत्या

१२ चैत सुर्खेत – दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

१३ चैत काठमाडौँ – प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की […]

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतका सर्जकको निधन

१३ चैत काठमाडौँ – म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आउनुभएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ […]

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

१२ चैत काठमाडौँ – बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताउनुभयो । घरबाट हराएकी भागरतीको […]

नेप्से २१ .२९ अंकले घट्यो, निफ्राको हालसम्मकै उच्च कारोबार

१२ चैत काठमाडौँ – साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा अडिएको छ । ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । बिहीबार २०८ वटा कम्पनीको १ करोड […]