समाचार
पूर्वमन्त्री शर्मालाई मातृशोक
चैत्र ९ काठमाडौँ-प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ । पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास दाङको घोराही –१८, मसिनामा निधन भएको हो । उहाँका श्रीमान्, चार छोरी र एक छोरा हुनुहुन्छ । उहाँको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।
सिलिण्डर पड्कदा छ घाइते
चैत्र ९ काठमाडौँ-सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम […]
सैलुङलाई प्लास्टिक तथा सिसा निषेधित क्षेत्र घोषणा
सिंहराज योञ्जन ८ चैत्र रामेछाप-शैलुङलाई प्लास्टिक तथा शिसा निषेधित क्षेत्र घोषणा गरिएको छ । शनिबार दोरम्बा गाउँपालिकाले सैलुङमा सरसफाइ तथा प्लास्टिक र शिसा निषेधित क्षेत्र घोषणा कार्यक्रम आयोजना गरेको थियो । सैलुङ क्षेत्रमा रहेको फोहोर सरसफाईमा दोरम्बा गाउँमालिका वडा नं. २ को काकलिङ माध्यामिक विद्यालय र निमा एकेडेमी तथा वडा न. ३ को कण्ठेस्वर माध्यामिक […]
शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुली अबरुद्ध हुँदै
७ चैत काठामाडौं – नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ […]
सरकारी जग्गा हडप्नेको सञ्जाल खोजी हुँदै : पूर्वप्रधानमन्त्री, मन्त्री र सचिव नै भ्रष्टाचारमा तानिन सक्ने
७ चैत काठमाडौं – सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने भएका छन् । भूमाफियासँगको मिलिमतोमा यसरी तानिनेमा केही पूर्वप्रधानमन्त्री, मन्त्री तथा सचिवसमेत रहनेछन् । सो प्रतिवेदन कार्यान्वयनमा आउनासाथ सरकारी जग्गा हडप्नेको सञ्जालसमेत क्षतविक्षत […]
जसपामा ठाकुर र महतो सरकारका पक्षमा
७ चैत काठमाडौं – सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली […]
‘हर स्टोरी’ पार्क निर्माण गर्दै ‘डब्ल्युएचआर’
६ चैत काठमाडौँ – ओमन फर हुमन राइट डब्ल्युएचआरले महिलालाई चिनाउने पार्क निर्माण गर्ने भएको छ । डब्लू एचआरको अग्रसरता र नेपाल सरकारको सहयोगमा टोखा नगरपालिकामा हर स्टोरी पार्क निर्माण गर्ने भएको हो । नेपाल सरकारले उपलब्ध गराएको ३५ रोपनी जग्गामा डब्ल्यूएचआरको अग्रसरतामा पार्क निर्माण गर्न लागिएको छ । पार्कलाई महिलाको विषयमा खुला शिक्षण केन्द्रको […]
२४ हजार घुससहित मालपोतका कर्मचारी पक्राउ
५ चैत महेन्द्रनगर – मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो । अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले सेवाग्राहीबाट कित्ताकाट गरेवापत २४ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
सुत्केरीको शंककास्पद मृत्यु
५ चैत दुल्लु – ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ । सुत्केरी भएको १५ दिनपछि उहाँको मृत्यु भएको हो । मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुर सँगै सुतेका र बिहान […]
सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढ्यो
५ चैत काठमाडौं – बिहीबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलामा ८७ हजार २ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा सुनको कारोबार गरिएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बृद्धि भएको छ। बुधबार १ हजार २ सय ७० रुपैँयामा […]



