समाचार
पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु
२५ फागुन काठमाडौँ – यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गर्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, परिषद् […]
धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
२५ फागुन काठमाडौँ – धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो दुवैको […]
बीमा रकमका लागि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२५ फागुन काठमाडौं – श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरिएको छ । बीमा रकम पाउने लोभमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको हो । बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर […]
महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ : उपराष्ट्रपति पुन
२४ फागुन काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो औल्याउनुभएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिनुभयो । […]
प्रमुख आयुक्त प्रेमकुमार राईद्वारा पेन्सन सुविधा नलिने घोषणा
२४ फागुन काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका छन् । संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् । आयुक्त राईले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र […]
बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
२४ फागुन काठमाडौँ – नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन […]
मिलिजुली टिकटक परिवारद्वारा २ लाख बराबरको आर्थिक सहयोग
२४ फागुन काठमाडौँ – मिलिजुली टिकटक परिवारले विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि परिवारले २ लाख ८ हजार ६ सय ९१ रुपियाँ उपचाररत बिरामीलाई आर्थिक सहयोग गरेको हो । झण्डै ६ महिना अगाडि टिकटक मार्फत स्थापना भएको टिकटक मिलिजुली परिवारले फागुन २२ र २३ गते काठमाडौँमा […]
मोरङको उर्लाबारीको प्रवीण हत्या प्रकरण : छानबिन प्रतिवेदन सार्वजनिक
२४ फागुन काठमाडौं – मोरङको उर्लाबारी नगरपालिका-५ का प्रवीण बास्तोलाको हत्या प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा फागुन ९ गते तीन सदस्यीय समिति बनाएर घटनाको छानबिन थालिएको थियो । समितिले अन्तिम प्रतिवेदन बुझाएपछि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गर्नु भएको […]
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई सर्यो
२४ फागुन काठमाडौँ – नेकपा दाहाल-नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सारेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेको लागि सारिएको छ । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको […]
निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला
२३ फागुन काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतले आइतबार गरेको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै फैसला पत्र दर्ता भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, सम्मानित सर्वोच्च अदालतको चनं २२७३ मिति २०७७।११।२३ को मुद्दा नं ०७५-wo- ०५१७ को आदेशरफैसलाको जानकारी पठाएको सम्बन्धी […]



