Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

डा. गोविन्द केसीको अनशन स्थगित

१२ फागुन काठमाडौं – डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । फागुन १२ गते सुरु गर्ने भनिएको उनको २० औं अनशन स्थगित गरेका हुन । केसील संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । तर विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म […]

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा

१२ माघ काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्नु भएको छ । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुग्नु भएको हो । राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा गरिँदै […]

बागमती प्रदेशसभाका सभामुख भन्छन्– दलहरुसँगको छलफलपछि प्रदेशसभा मिती तोक्छु

१२ फागुन काठमाडौं – बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने बताउनु भएको छ । प्रदेशसभा बैठकका लागि विभिन्न दलसँग निरन्तर छलफल गरिरहेको बताउँदै सभामुख श्रेष्ठले बैठकको मिति तय गर्न आफू लागिपरेको बताउनु भयो । केही दलका नेताले आफुलाई बदनाम गराउन प्रचारबाजी गरेको आरोप लगाउँदै उनले बाहिर हल्ला चलाइए […]

१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

११ फागुन काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, […]

राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश, प्रविधिमैत्री सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह

काठमाडौँ – पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४ औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गर्नुभयो । मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल […]

चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

काठमाडौँ कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो । ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकालगायतका […]

नेपाली घ्यू जापानमा लोकप्रिय

११ फागुन काठमाडौँ – सरकारको स्वामित्वमा सञ्चालित   हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित  घ्यू  जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख  नरेश जोशी अनुसार  गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर  घ्यू निर्यात भएको थियो । उहाँले  जापानमा नेपाली घ्यूको माग बढ्दै गएको  र एक पटकमा सात÷आठ हजार  लिटर   घ्यू निर्यात  […]

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

११ फागुन बेइजिङ – अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च ९२० सेमी० फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल […]

हुम्लाको यारी र हिल्सामा सोलार मिनी ग्रीडका लागि निर्माण कम्पनी छनौट

हुम्लाको यारी र हिल्सामा सोलार मिनी ग्रीडका लागि निर्माण कम्पनी छनौट ११ फागुन काठमाडौं-सिमकोट(नाम्खा गाउँपालिकाको सोलार मिनी ग्रीड निर्माणका लागि तेस्रो पटकको विज्ञापनपछि बोल(कबोल अनुसार न्यूनतम बोलकबोल निर्माण कम्पनीको मुल्याङ्कन दुईवटा छनौट भएका छन्। यसअघि दुई पटा सूचना गर्दा सोलार मिनी ग्रीडका लागि बिनियोजित बजेटभन्दा बढी बोलकबोल हुँदा सूचना रद्द भएका थिए । तेस्रो पटकको […]

अफ्रिकाको लागि नेपाली राजदूतमा डा. विश्वकर्मा नियुक्त

११ फागुन काठमाडौं – दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार आज राष्ट्रपति विद्यादेवी राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ बमोजिम डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नथा पन्तले जानकारी दिनु भयो । […]